कञ्चनपुर,
सशस्त्र प्रहरी परिवार महिला संघले कञ्चनपुरकी महिला अधिकारर्की शारदा चन्दलाई सम्मान गरेको छ । शुक्रबार राजधानी काठमाण्डौँमा एक कार्यक्रमका विच सशस्त्र प्रहरी परिवार महिला संघले अधिकारकर्मी चन्दलाई सम्मान गरेको हो ।
महिला अधिकार क्षेत्रमा अतुलनिय काम, बेवारिसे शव व्यवस्थापन एव हिन्सामा परेका महिलाको उद्दार न्यायका लागि सकृय खटिएर समाजिक काम गरेको भन्दै सशस्त्र प्रहरी परिवार महिला संघले अधिकारकर्मी चन्दलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनिता लामिछाने र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी सहितका सशस्त्र प्रहरीका अधिकारी, महिला संघका पदाधिकारी एव महिला अधिकारकर्मीको सहभागिता रहेको थियो ।

