बेलडाँडी,
यस बर्ष ढिलोगरी आएको मनसुन भारी बर्षातसंगै परेको चट्यानका कारण नेपाल टेलिकम बेलडाँडीको टावरमा क्षति पुगेको छ । मंगलबार चट्यान पर्दा बेलडाँडीमा रहेको टेलिकमको टावरमा क्षति पुगेको हो ।

टेलिकमको टावरमा क्षति पुग्दा नेटवर्कमा समस्या भएको स्थानीय उपभोक्ताले बताएका छन । बेलडाँडीका स्थानीय युवा एव नेपाल टेलिकमका सेवाग्राही प्रकास मालीले टावरमा चट्यान परेर क्षतिग्रस्थ हुँदा टेलिकम कार्यालयबाट मर्मत सम्भावमा चासो नदिदा उपभोक्ता मारमा परेको बताए ।
‘चार दिनदिन हामी नेपाल टेलिकम सीमकार्डका प्रयोगकर्ता उपभोक्ता मारमा परेका छौँ, ‘उनले भने, ‘सरकारी टेलिकमको लार्पबाहीले हामी मर्कामा परेका छौँ ।’
नेपाल टेलिकम सीमकार्डका प्रयोगकर्ताले अब एनसेलको सीम प्रयोग गरेर संचार गर्न बाध्यता आईपरेको बताए ।
बेलडाँडीका अर्का स्थानीय एव युवा सन्देश पाण्डेले चार चार दिनसम्मपनि टेलिकमले ध्यान नदिएका कारण टेलिकमकै उपभोक्ता घटिरहेको बताए ।
‘संचार बिना मानिसको जिवन नै प्रभावित भएको छ, ‘उनले भने, ‘टेलिकमको लार्पबाहीले हामी सेवाग्राही मारमा परेका छौँ ।’ टेलिकमले आफ्ना सेवाग्राहीको समस्या मध्य नजर नगरेकै कारण आफुहरु मारमा परेको बताए ।
बेलडाँडी स्थानीय सरकारले समेत टेलिकमलाई समयमै बिग्रीएको समस्या आएको टावर मर्मत गर्न अनुरोध गरेको छ । यस विषयमा नेपाल टेलिकमका अधिकारसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
