Wednesday, August 10, 2022
गृहपृष्ठदैनिक गतिविधीवाणिज्य उपाध्यक्षमा युवा व्यवसायी रावलको उम्मेदवारी साना व्यवसायीको हकहितमा काम गर्दै कञ्चनपुरको...

वाणिज्य उपाध्यक्षमा युवा व्यवसायी रावलको उम्मेदवारी साना व्यवसायीको हकहितमा काम गर्दै कञ्चनपुरको व्यापार प्रर्बद्धन गर्छु ः वाणिज्य उपाध्यक्षका उम्मेवार धर्मसिह रावल

कृष्ण नेपाली/कञ्चनपुर,
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा निर्वाचन हुँदैछ । सदस्य सहितका अधिकाँस पदाधिकारी पदमा सहमती जुटेको छ । संस्थागत सहित सदस्य एव चार पदाधिकारीमा निर्बिरोध निर्वाचित भएका छन । तर, अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती जुटेको छैन । तीनै पदमा निर्वाचत हुने भएको छ । तीनै पदका ६ उम्मेदवार यतिबेला चुनावी मैदामा उत्रिएका छन ।
चुनावी मैदानमा होमिएका ६ उम्मेदवार मध्ये वाणिज्य उपाध्यक्षका लागि महेन्द्रनगरका युवा व्यवसायी धर्मसिह रावल पनि हुन । झण्डै २ दशकदेखि व्यापार व्यवसायमा जुटेका युवा व्यवसायी रावलले यस पटक वाणिज्य उपाध्यक्षमै उम्मेदवारी दिएर चुनावमा होमिएका छन । व्यवसाय शुरुवात गरेकै बर्ष ०५८ सालदेखि वाणिज्य संघको साधारण सदस्यता पाएका रावलले शुरुवात चरणमा कपडाको व्यवसाय शुरु गरेका थिए ।
भीमदत्त नगपालिका ४ महेन्द्रनगरका स्थानीय युवा व्यवसायी रावलले वाणिज्य संघको साधारण सदस्य पाएसंगै विभिन्न समितिको समेत जिम्मेबारी पाएका थिए । यसका साथ मेला महोत्सवमा बाल उद्यान समिति संयोजक सहित विभिन्न समितिको जिम्मेबारी बहन गरेको उनीसंग अनुभव छ ।
पहिलो पटक कार्य समिति सदस्यमा निर्वाचित भएका रावलले दोस्रो पटक सचिवका लागि देखिएका थिए । अधिल्लो पटक सचिवमा त्याग गरेका रावल यस पटक वाणिज्य उपाध्यक्षमा देखिएका हुन । महेन्द्रनगरको चर्चित नवजिवन टे«र्डस एण्ड सप्लार्यस र कैलपाल टे«र्डस मार्फत ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका रावलले आफ्नो व्यवसायमा ६ जनालाई रोजगारी समेत दिएका छन ।
व्यवसायी मात्र नभई रावल विभिन्न समाजिक कार्यमा सरिक हुँदै समाजसेवीका रुपमा समेत ख्याती कमाएका छन । आफुले सानो व्यवसायबाट व्यापार शुरुवात गरेको बताउदै उनले साना व्यवसायीको हक हितका लागि आफ्नो उम्मेदवारी परेको बताए । ‘मै पनि सानो व्यवसाय अर्थात काउण्टरबाट व्यवसाय शुरु गरेको हुँ, ‘उनले भने, ‘साना व्यवसायीका समेत थुप्रै नीतिगत एव व्यवहारिक समस्या छन, उक्त समस्या समाधान गर्दै कञ्चनपुरमा साना व्यवसायको प्रर्बद्धन गर्छु त्यही भएर मेरो उम्मेदवार वाणिज्य उपाध्यक्षमा हो ।’ साना व्यवसायीको हकहितमा काम गर्दै कञ्चनपुरको व्यापार प्रर्बद्धन गर्ने आफ्नो योजना रहेको रावलले बताए । रावलले आफुलाई सहयोग गर्न कञ्चनपुर जिल्लाभरीका व्यवसायीसंग अपिल गरेका छन ।

ताजा समाचार