Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीप्रदेश युवा परिषदद्वारा बेलडाँडीका दुई युवा सम्मानित

प्रदेश युवा परिषदद्वारा बेलडाँडीका दुई युवा सम्मानित

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीका दुई युवा सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले बेलडाँडी गाँउपालिका दुई युवालाई सम्मान गरेको छ ।

फरक फरक विद्याका दुई युवालाई बुधबार एक कार्यक्रमका विच प्रदेश युवा परिषदले सम्मान गरेको हो । बेलडाँडी गाँउपालिका २ कञ्चनपुरका दान बहादुर सुनार र धर्मराज जोशीलाई सम्मान गरेको छ । समाजिक विकास मन्त्रालयमा कार्यरत निजामती कर्मचारी सुनार कानुन अधिकृतका रुपमा कार्यरत रहेका छन । उत्कृष्ठ कर्मचारी भन्दै सुनारलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ ।

बेलडाँडीकै अर्का युवा उद्यमी धर्मराज जोशीलाई पनि युवा प्रतिभा सम्मान गरिएको छ । जोशी कोरिया हुँदै धनगढीमा उद्योग खोलेर काम गर्दै आएका छन । सुनार र जोशी आ–आफ्नो व्यवसायिक जिम्मेबारीका साथै समाजिक काम गर्दै आएका छन । प्रदेश युवा परिषद्ले बेलडाँडीका युवा समाजसेवी समेत रहेका जोशी र सुनार सहित अन्य विभिन्न विद्याका युवाहरुलाई समेत सम्मान गरेको जनाएको छ ।

ताजा समाचार