Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीदृष्ट्रिबिहिन अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

दृष्ट्रिबिहिन अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरका दृष्ट्रिबिहिन अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । राष्ट्रिय दृष्ट्रिबिहिन संघ नेपालले बेदकोट नगरका दृष्ट्रिबिहिन अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो । बुधबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका क्षेत्रमा रहेका दृष्ट्रिबिहिन विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको राष्ट्रिय दृष्ट्रिबिहिन संघ नेपालका अध्यक्ष बलराम पन्तले बताए । अध्यक्ष पन्तका अनुसार दृष्ट्रिबिहिन विद्यार्थीलाई शैक्षिक एव सरकारी सेवाका लागि काम लाग्ने अडियो, भिडियो पाठ्यपुस्तक सहित, सहयोगी समाग्री वितरण गरिएको छ । निःशुल्क सहयोग समाग्री एव शैक्षिक समाग्री पाएसंगै दृष्ट्रिबिहिन विद्यार्थीलाई राहत भएको छ । अध्यक्ष पन्तले लोकसेवा, शिक्षक सेवा, लाईसेन्स सहितका विभिन्न सरकारी सेवाका लागि आवश्यक पर्ने शैक्षिक समाग्री वितरण गरिएको बताए । दृष्ट्रिबिहिन अपाङ्गता भएका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि वितरण गरिएको समाग्रीले उनीहरु लाभान्वित र हर्षित भएका छन । अध्यक्ष पन्तले कञ्चनपुरको बेदकोट सहित सुप प्रदेशमा समेत यस्तै गरी शैक्षिक समाग्री वितरण गरिने बताए । त्यसका लागि पन्तले सहयोगका लागि सरकारी निकाय दातृ निकायसंग आग्रह गरेका छन ।

ताजा समाचार