Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीपर्यटन प्रर्बद्धनका लागि पत्रकारको महत्वपूर्ण भूमिका

पर्यटन प्रर्बद्धनका लागि पत्रकारको महत्वपूर्ण भूमिका

कञ्चनपुर,
पर्यटन प्रर्बद्धनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवाला पक्षले बताएका छन । बुधबार कञ्चनपुरमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग एव नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा ‘पर्यटन पर्यटनका लागि पत्रकारको भूमिका विषय कार्यशाला गोष्ठी समारोहमा पर्यटन प्रर्बद्धनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवाला पक्षले बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले सूदूरको आर्थिक विकासका लागि पर्यटन प्रर्बद्धन गर्नुको विकल्प नभएको बताए । ‘पर्यटनले आर्थिक विकास हुन्छ, ‘उनले भने, ‘अर्थतन्त्र सुधारका लागि पर्यटन आवश्यक त्यसका लागि संचार माध्यमको भूमिका महत्वूर्ण हुन्छ ।’

सुदूरको पर्यटन विकासका लागि ढोका बन्द भएको बताउदै प्रदेश सभा सदस्य जोशीले पश्चिम नाका भारतबाट आउने पर्यटक भित्र्राउनुपर्नेमा जोडदिए । सुप प्रदेश पर्यटकीय सम्भावना बोकेको प्रदेश भएको यस क्षेत्रका ऐतिहासिक, धार्मिक, एव साँस्कृतिक पर्यटकिय गन्तव्य क्षेत्रको संचार क्षेत्रबाट उजागर हुनुपर्ने बताए ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन इकाई प्रमुख भोजराज पाठकले कार्यपत्र प्रस्तुत गर्दै पर्यटन प्रर्बद्धनका लागि पत्रकारको अहम भूमिका हुने बताए । कार्यक्रममा बरिष्ठ पत्रकार चित्राङ्ग थापाले पनि कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रमा निरन्तर कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममै अर्का पत्रकार मनमोहन स्वाँरले पनि पर्यटन सम्भावना भएकाले विटमै पत्रकारिता गर्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रामसिह ठगुन्नाले गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरीका पत्रकारको सहभागिता रहेको थियो ।

प्रदेशका ९वटै जिल्लाका पत्रकारले एकसाथ पर्यटकीय गन्तव्य बोकेको शुक्लाफाँटाको समेत स्थलगत अवलोकन एव भ्रमण गरेका थिए । शुक्लाफाँटा अवलोकन गरेका सुदूरका पत्रकारले प्रदेशकै प्रमुख प्राकृतिक सौन्र्दयताले भरिभराउ पर्यटकीय गन्तव्य शुक्लाफाँटाको थप पर्यटन प्रर्बद्धनमा जोडदिएका छन । 

ताजा समाचार