कञ्चनपुर,
यस बर्ष ढिलोगरी आएको बर्षातले कञ्चनपुरको झर्नाखोलामा पानीको सतह बढेको छ ।
मंगलबार बिहादेखि परिरहेको अबिरल बर्षातका कारण झर्नाखोलामा पानीको सतह बढेको हो ।
चुरे शुक्लाफाँटा निकुञ्ज बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोलामा निर्माण भएका कल्र्भट भत्किन थालेका छन । सरकारी निकायको दुरदृष्ट्रि र अर्कमण्यताले कल्र्भटको परिमाणसानो हुँदा खोलामा बग्ने पानी थुनिए भत्किन लागेको छ । सरस्वती माविदेखि राना टोल दुईकट्टा जोड्ने झर्नाखोलामा अघिल्लो बर्ष गाँउपालिकाले ह्युपपाईप राखेको थियो । पहिलो पटकराखिएको ह्युपपाई वरीपरीबाट गत बर्ष खोलाको भत्काएको थियो । फेरी यस बर्ष ह्युपपाईप राखियो । तैपनि खोलाले ह्युपपाईपको दायाबायाबाट कटान गरिरहेको छ । स्थानीयले उक्त खोलामा स्लेभ कल्र्भट वा पुल नै माग गरेपनि पालिका सरकारबाट ह्युपपाईप राखेर झन्झट टारेको थियो । सरकारी अर्कमण्यताका कारण फेरीपनि बेलडाँडी १ र बेलौरी ९का स्थानीयले दुख भोक्नुपर्ने अवस्था सृजना भएको छ ।

