Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु

पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु

बेलडाँडी,
कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आ-आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी गराउनु भयो ।

ताजा समाचार