Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुर उद्योग वाणिज्य संघ निर्वाचन ः २०७९ वरिष्ठ उपाध्यक्षका लागि युवा व्यवसायी...

कञ्चनपुर उद्योग वाणिज्य संघ निर्वाचन ः २०७९ वरिष्ठ उपाध्यक्षका लागि युवा व्यवसायी मदन राज पन्तको स्वतन्त्र उम्मेदवारी

महेन्द्रनगर ,
कञ्चनपुरका युवा उद्यमी व्यवसायी मदन राज पन्तले वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।
कञ्चनपु्र वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष पदका लागि आंकाक्षि देखीएका पन्त पछिल्ला वर्ष झै प्यानल भएर निर्वाचन मा जानुपर्ने भएपछि उनी स्वत्रन्त्र रुपमा निर्वाचनमा जाने भएका हुन ।
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि असार २५ मा हुने निर्वाचनमा पन्तले आफु वरिष्ठ उपाध्यक्षका लागी उम्मेदवारी दिने तर यहा व्यापारीका हकहितका लागी नभई गुट उपगुट वनाई उद्योग वाणिज्य संघलाई समेत राजनिति गर्ने थलो वनाउन थाले पछि आफु सवतन्त्र रुपमा निर्वाचनमा जाने बताएका छन ।
उनले उद्योग वाणिज्य संघ विशुद्ध व्यापारीक क्षेत्रका रुपमा रहेको र यसमा निर्वाचित पदाधिकारीहरुले व्यवसायिहरुको हकहितका लागी अग्रसर हुने व्यक्तिले प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिएका छन ।
१७ औं कार्यकारिणी समिति सहमति का आधारमा गए आफु सहमतिको वाधक नवन्ने बताएका पन्तले सर्वपक्षिय सहमति हुन नसकेपछि आफु स्वतन्त्र रुपमा निर्वाचनमा गएको समेत वताएका छन ।
झण्डै ३ दशकदेखि विभिन्न उद्योग व्यापारमा आवद्ध भई व्यवसाय गरीरहेका रहेका पन्त २०६८ सालमा भएको कञ्चनपु्र उद्योग वाण्ज्यि संघको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए ।
त्यस पछि भएका हरेक निर्वाचनमा पन्तले आफुले उम्मेदवारी दिएको पदमा विजयि हुदै आएका छन । अघिल्ला बर्षमा सदस्य ,सचिव, वाणिज्य उपाध्यक्ष पदमा निरन्तर विजय भएका पन्तले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीहरुको हकहितका लागी पहल थाल्दै आएका छन ।

ताजा समाचार