Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीवाणिज्य संघको संस्थागत सदस्यमा औषधी व्यवसायी संघको आकाँक्षा

वाणिज्य संघको संस्थागत सदस्यमा औषधी व्यवसायी संघको आकाँक्षा

कञ्चनपुर,
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति संस्थागत सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघले आकाँक्षा राखेको छ ।
वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा निर्वाचन हुँदै छ । निर्वाचका लागि उद्योगी व्यवसायी विभिन्न पदमा देखिएका छन । संस्थागत सदस्य तर्फ यस पटक नेपाल औषधी व्यवसायी संघले दावि गरेको छ । यस अघि सस्थागत सदस्य अन्य संघले लिदै आएकाले प्राकृतिक न्यायको सिद्धान्त अनुरुप नेपाल औषधी व्यवसायी संघलाई दिनुपर्नेमा आब्हान गरिएको छ । नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुडाले यस अघि होटल, निर्माण व्यवसायी संघले संस्थागत सदस्य पाउँदै आएकोमा यस पटक औषधी व्यवसायी संघलाई दिनुपर्नेमा आग्रह गरेका छन । ‘होटल व्यवसायी संघका तत्तकालिन अध्यक्ष तेजसिह कार्की वाणिज्य संघको संस्थागत सदस्य हुनेबेलादेखि हामीले सदस्यता पाएका थियौँ, ‘अध्यक्ष बुडाले भने, ‘त्यसदेखि यता सबै संस्थागत सदस्यले कार्य समितिमा जिम्मेबारी पाए औषधी व्यवसायीले पाएको छैन, यस पटक सबैले सोचिदिनुपर्छ ।’ सदस्यता पाएको दुई पटकसम्म पनि कार्य समितिमा जिम्मेबारी नपाएको गुनासो पोख्दै अध्ष्क्ष बुडाले यस पटक सबै संस्थागत सदस्यका तर्फबाट सहयोग गर्नुपर्ने आब्हान गरेका छन ।

ताजा समाचार