Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका लागि युवा व्यवसायी मदन पन्त आकाँक्षी,

कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका लागि युवा व्यवसायी मदन पन्त आकाँक्षी,

महेन्द्रनगर ,
कञ्चनपुरका युवा उद्यमी व्यवसायी मदन पन्त वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका लागि आकाँक्षी देखिएका छन ।
कञ्चनपु्र वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष पदका लागि युवा व्यवसायी पन्त आकांक्षि देखिएका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि असार २५ मा हुने निर्वाचनमा पन्तले आफु वरिष्ठ उपाध्यक्षका लागी उम्मेदवारी दिने वताएका छन ।
झण्डै ३ दशकदेखि विभिन्न उद्योग व्यापारमा आवद्ध भई व्यवसाय गरीरहेका रहेका पन्त २०६८ सालमा भएको कञ्चनपु्र उद्योग वाण्ज्यि संघको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए ।
त्यस पछि भएका हरेक निर्वाचनमा पन्तले आफुले उम्मेदवारी दिएको पदमा विजयि हुदै आएका छन । सदस्य ,सचिव, वाणिज्य उपाध्यक्ष पदमा रहि कार्यकाल सफल भएको भन्दै पन्तले १७ औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षका पदका उम्मेदवारी दिने वताए ।
तर १७ औं कार्यकारिणी समिति सहमति का आधारमा गए आफु सहमतिको वाधक नवन्ने समेत व्यवसायि पन्तले वताएका छन ।
स्कुले जिवन वाटै व्यवसायमा रुचि भएका पन्त सुदुरपश्चिममा मात्रै नभई राजधानीमा समेत सफल व्यवसायिकोको रुपमा परिचित छन । शान्त र स्लिन स्वभावका पन्त उद्योगी व्यापारीका हरेक समस्यामा साथ दिने र समस्या समाधानका निमित्त सदैव अग्रसर भईरहने भएकै कारण कञ्चनपुरका व्यवसायिका प्रिय बन्दै गएका हुन ।
उद्योग व्यापार व्यवसायी एव आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रुपमा चिनिने पन्त देशका गौ्रवका आयोजनामा समेत लगानी गर्दे आएका छन । पन्त को उम्मेदवारी दिने मनसाय बनाएसंगै कैलाली कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन ।

ताजा समाचार