Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाँउपालिकाको ११ औँ गाँउसभा बहु प्राविधिक विद्यालयदेखि भूमिहिनलाई लालपुर्जा वितरणसम्मका योजना

बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउसभा बहु प्राविधिक विद्यालयदेखि भूमिहिनलाई लालपुर्जा वितरणसम्मका योजना

बेलडाँडी,
कञ्चनपुर बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउ सभा शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० को नीति,कार्यक्रम तथा बजेटका लागि शुक्रबारदेखि गाँउपालिकाको गाँउ सभा शुरु भएको हो ।

गाँउ सभामा बेलडाँडीका प्रमुख हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम पं्रस्तुत गर्दै गाँउमै विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको छ । बेलडाँडीको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, साँस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण प्रंर्बद्धनगरिनेछ ।

उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्र्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३०यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुटदिईने, जनतासंग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा, स्वाथ्य पूर्वाधारमा विस्तार गर्ने योजनाअघि सारेको छ । सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अबलम्बन गरिएको छ ।

सुशासन दिगो विकासको नीति अघि सारेकोछ । गाँउ सभामा बेलडाँडी उप प्रमुख शान्ति नाथले आगामी आर्थिक बर्षका लागि ४८ करोड, ७८ लाख बराबरको बजेट प्रस्तुत गरेकी छिन । कार्यक्रममा प्रमुख अतिथि रहेका संविधान सभा सदस्य दिवान सिह विष्टले जनप्रतिनिधीहरुलाई इमान्दारितापुर्वंक जनपक्षिय काम गर्न सुुझाव दिएका छन । कार्यक्रममा १का वडाध्यक्ष तथा प्रवक्ता समेत रहेका जग बहादुर विष्टले स्वागत मन्तव्य राख्दै गाँउपालिकाबाट पारित भएका योजना कार्यान्वयन गर्दै गाँउको दिगो विकास गर्ने प्रण गर्नुभयो ।

नेपाली काँग्रेसका तर्फबाट क्षेत्र १(ख)का सभापति चेतन कुमार राई, एमाले उपाध्यक्ष प्रेमराज खाती, माओवादीका अध्यक्ष डम्बर शाह, राप्रपाका नेता प्रेमसिह साउद, काँग्रेस नेता समेत रहेका समाजसेवी जनकसिह धामी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीले सुभकामना मन्तव्य राख्दै दिगो विकासमा जोडदिएका छन । शुक्रबार शुरुभएको गाँउ सभा मंगलबार पुन बस्नेछ ।

ताजा समाचार