Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेदकोट ६मा जनप्रतिनिधी नै वडा कार्यालय बन्द गराउन उद्यत माओवादीका वडा इन्चार्जसंगको...

बेदकोट ६मा जनप्रतिनिधी नै वडा कार्यालय बन्द गराउन उद्यत माओवादीका वडा इन्चार्जसंगको रिसिईबी जनप्रतिनिधीले नै वडा कार्यालय बन्द गरेर जनताको अधिकार कुण्डित गर्दै ः सेवाग्राही

कञ्चनपुर,
कञ्चनपुरको बेदकोटनगरपालिका ६मा वडाका जनप्रतिनिधी विच बजेटको विषयमा छलफल भईरहेका बेला सो वडामा नेकपा माओवादी केन्द्रका इन्चार्ज बासुदेव भट्ट र वडा सदस्य जयदेव पन्तविचको विवादले काँग्रेसले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
माओवादी वडा इन्चार्ज भट्टले वडा सदस्य पन्तलाई कुटपिट गरेकोआरोपमा शुक्रबार बिहान तालाबन्दी गरेकाहुन । काँग्रेस वडा सभापति जयदत्त जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषिलाई कार्बाही नहुँदासम्म वडाका काम सम्पूर्ण स्थगित गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेर सेवाग्राहीको अधिकार कुण्ठित गरेका छन । तालाबन्दी गर्नमा जनप्रतिनिधी नै उद्यत रहेका छन । जनप्रतिनिधी भनेपछि राज्यको जिम्मेबार पदाधिकारी मानिन्छ, तर जनप्रतिनिधी नै उक्त घटनालाई लिएर सरकारीकार्यालयमा बन्द, हडताल एव आन्दोलन गर्न उद्यत रहेका छन । जिल्ला समन्वय समिति सदस्य रामसिह भण्डारी, जयदेव पन्त सहितका जनप्रतिनिधी एव काँग्रेस नेताकार्यकर्ताले तालाबन्दी गरेका छन । कुटपिट प्रकरणमा कानुनी उपचारको साटो वडामा तालाबन्दी हड्ताल गर्नुजस्ता गतिबिधीले जनप्रतिनिधीको नियती माथि प्रशन खडा भएको छ । कामका लागि कार्यालय पुगेका सेवाग्राहीले सत्ता साझेदारी दल माओवादीका नेतासंग भएको विवादले जनताको सेवा पाउने अधिकार कुण्डित गर्न नहुने तर्फ राखेका छन । आफुलाई पिरमर्का एव कुटपिट भएको भए प्रहरी प्रशासन,अदालतमा न्यायका लागि जाने की आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेर जनताको अधिकार खोस्ने भन्दै प्रतिप्रशन गरिरहेका छन । माओवादी केन्द्रका इन्चार्ज भट्टमाथि वडा सदस्य पन्तले कुटपिटकोआरोप लगाएपनि भट्टले भने जनप्रतिनिधीसंग विकासबारे छलफल गर्दा राजनीतिक मुद्दा बनाउन खोजिएको बताईरहेका छन । बेदकोटमा स्थानीय काँग्रेसकै सरकार छ, तर काँग्रेसकै जनप्रतिनिधी, नेताकार्यकर्ता सानोसानो निहुँ बनाएर पहिले ८ र अहिले ६मा तालाबन्दी गरेर आफ्नै पालिका सरकार बिरुद्धमा कदम चालिरहेको स्थानीयको बुझाई छ ।

ताजा समाचार