Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुर्व शिक्षक विष्टलाई बेलडाँडी गाँउपालिकाद्वारा सम्मान

पुर्व शिक्षक विष्टलाई बेलडाँडी गाँउपालिकाद्वारा सम्मान

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले पुर्व शिक्षक लाल सिह विष्टलाई सम्मान गरेको छ । शुक्रबार बेलडाँडी गाँउपालिकाको ११औँ गाँउ सभा अधिवेशन कार्यक्रममा पुर्व शिक्षक विष्टलाई सम्मान गरेको हो ।
बेलडाँडीको शैक्षिक बृद्धि विकासका लागि शिक्षक विष्टले अतुलनिय भूमिका एव योगदान पु¥याएको भन्दै गाँउपालिकाले सम्मान गरेको छ । शिक्षक विष्टले निरन्तर तीन दशक बेलडाँडी गाँउपालिका १ झर्नासागर स्थित सरस्वती माध्यामिक विद्यालयमा शिक्षण गरेर गाँउको शैक्षिक उन्नतीका लागि योगदान गरेको मुल्याङ्गकन गरेर सम्मान गरेको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि संविवधान सभा सदस्य दिवान सिह विष्टले टिका, खादार फुलमाला लगाएर शिक्षक विष्टलाई अभिनन्दन गरेका छन । संविधान सभा सदस्य दिवान विष्टले शिक्षक विष्टको योगदानले बेलडाँडीको शैक्षिक उन्नती विकास भएको भन्दै बधाई तथा धन्यवाद ज्ञापन गर्नुुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख राम कुमारी राना, बेलडाँडी गाँउ प्रमुख हरिशचन्द्र राना, उप प्रमुख शान्ति नाथ सहितका जनप्रतिनिधीले शिक्षक विष्टको सामुदायिक विद्यालयमा गरेको योगदानको उच्च मुल्याङ्ककन गर्दै बधाई तथा शुभकामनादिएका छन । सरस्वती माविका संस्थापक शिक्षक विष्टले गाँउपालिकाले आफ्नो कामको मुल्याङ्गकन गरेको भन्दै आभार प्रकट गरेका छन । लगातार दिन दशक एकै विद्यालयमा काम गरेका शिक्षक विष्टले आफुले समाजका लागि गरेको काममा स्थानीय सरकारले उर्जा थपिदिएको बताए । उमेरहदका लागि सेवा निवृत शिक्षक विष्टले अझैपनि समाजिक काममा खटिने प्रण गरेका छन । 

ताजा समाचार