Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुर उद्योग वाणिज्य संघको महासचिवका लागि युवा व्यवसायी खगेश्वर बोहराको चर्चा

कञ्चनपुर उद्योग वाणिज्य संघको महासचिवका लागि युवा व्यवसायी खगेश्वर बोहराको चर्चा

कञ्चनपुर,
कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आँकाक्षी देखिएका छन । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ ।
झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाँक्षा देखिएका छन । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । शुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
तेस्रो पटक १६ औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा महासचिव पदमा चुनावमा होमिएका बोहरा असफल भएका थिए । फेरी बोहराले यस पटक पनि महासचिव पदमा देखिएका हुन । ०६२सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन । वाणिज्यशास्त्रमै स्नातक गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एव आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रुपमा चिनिन्छन । उनको चर्चा संगै कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन ।

ताजा समाचार