Tuesday, August 16, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारबेलडाँडीमा १२औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा सम्वाद कार्यक्रम सम्पन्न

बेलडाँडीमा १२औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा सम्वाद कार्यक्रम सम्पन्न

बेलडाँडी,
बेलडाँडीमा १२औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा स्थानीय सरकार र सिमान्तकृत एकल महिला विच हिजो सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

बेलडाँडीमा पनि एकल महिलाका समस्याका विषयमा छलफल गरी समाधानका उपाय खोज्दै कार्यक्रम सम्पन्न गरेको छ । दिवसका अवसरमा मानव अधिकारका लागि महिला एकल महिला समुह कञ्चनपुरको आयोजनामा कार्यक्रम गरिएको सामाजिक परिचालक दिपा जोशीले जानकरी गराउनु भयो ।

कार्यक्रमा एकल महिलाको बर्तमान अवस्था, अवसर र चुनौतीबारे छलफल भएको थियो । एकल महिलाहरुले देशमा गणतन्त्र आए पनि एकल महिलाको समस्या भने उस्तै रहेको बताए । कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले भने स्थानीय तहमा सरकार आएपछि घरेलु समस्या समाधान भएको दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि हरिशचन्द्र रानाले भने बेलडाँडी गाउँपालिकाले एकल महिलाहरुलाई कार्यालयल परियोजनका लागि जमिन उपलब्ध गराएको र भवनका लागि समेत गाउँपालिका देखि बजेट बिनियोजन गरेर सहयोग गर्ने बताए । यस्तै विशिष्ट अतिथि शान्ती नाथले भने महिला र एकल महिला, हिंसामा परेका महिलाको पक्षमा आफु सधै रहेको र अझै पनि हुने सहयोगमा कुनै कञ्जुसाई नहुने बताए ।

कार्यक्रका सभापति मानव अधिकारका लागि महिला एकल महिला समुह कञ्चनपुरकी सदस्य चन्द्रा कठायतले भने बेलडाँडीमा एकल महिलाको पक्षमा स्थानीय सरकार जानलागेको संकेत भएको बताउदै यस्तै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुहुदै नव जनप्रतिनिधीहरुलाई कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।


संयुक्त राष्ट्रसंघको महासभाले सन २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन २०११ देखि दिवस मनाउन लागिएको हो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

उक्त कार्यक्रम संञ्चालन जिल्ला संयोजक विर बहादुर नेपालीले गर्नुभएको थियो भने स्वागत मनतव्य सामाजिक परिचालक दिपा जोशीले राख्नु भएको थियो ।

ताजा समाचार