Wednesday, August 10, 2022
गृहपृष्ठसमाचारबालबालिका लाई कोभिड-१९ फाइजर -बायोएनटेक खोप सेवा दिने

बालबालिका लाई कोभिड-१९ फाइजर -बायोएनटेक खोप सेवा दिने

कञ्चनपुर:सहयात्रा नेपाल कञ्चनपुरको अर्थिक सहयोगमा कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा सामुदायिक तथा निजि विद्यालयका शिक्षक संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
May be an image of 8 people, child, people sitting, people standing and indoorकृष्णपुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक र निजि विद्यालयका शिक्षकलाई कोभिड-१९ फाइजर – बायोएनटेक खोप सेवा सञ्चालनका लागि लक्षित उमेर समुह ५ देखि ११ वर्षका बालबालिका लाई खोप सेवा दिइने छ। खोप सेवा कार्यक्रम संचालन गर्न का लागि कार्यतालिका तय गरेको हुँदा त्यसैको पुर्व सन्ध्यामा बुधबार कृष्णपुर नगरपालिकाको सभा हलमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो।
May be an image of 14 people, people sitting and people standingसामुदायिक तथा निजि विद्यालयमा खोप लगाउने कार्यक्रम असार ९ गते बिहिवार देखि कञ्चनपुर जिल्ला व्यापीरुपमा कोभिड-१९ को फाइजर – बायोएनटेक खोप सेवा सञ्चालन हुने सहयात्रा नेपाल कञ्चनपुरका कोभिड-१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंहले बताएका छन् । उनले भने’ असार ८ गते  बुधबार अभिमुखिकरण कार्यक्रममा कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालयका शिक्षक लाई फाइजर-बायोएनटेक खोप सेवा सञ्चालन बारेमा अभिमुखिकरण गर्नु भएको थियो।
May be an image of 8 people, people sitting and people standingअभिमुखिकरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्ट , सामुदायिक तथा निजि विद्यालयका प्रतिनिधि , सहयात्रा नेपालका कोभिड-१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंह, कोभिड- १९ कन्सलटेन्ट कमल जागरी र पत्रकार लगायतको उपस्थिति रहेको थियो। सहयात्रा नेपालले सामुदायिक क्षेत्रमा अग्रसर रहदै विगत लामो समयदेखि कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो।May be an image of 10 people, people sitting and people standing

ताजा समाचार