कञ्चनपुर : कोभिड- १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान (रिकोभर) परियोजना अन्तर्गत नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितीको फिल्डको अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

महामारीको बेलामा कृष्णपुर नगरपालिकामा परियोजना अन्तर्गत परियोजना संयोजक बिनोद सिंह कडाराले गरेका काम कार्यका बारेमा जानकारी गराउनु भयो। नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखालाई अति आवश्यक परेको ठाउँमा परियोजनाले कोभिड- १९ जस्ता महामारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न सहयोग गरेको छ ।

कृष्णपुर नगरपालिकाको वडा नं १, ४,५ सो कार्यक्रम संचालनमा रहेको छ । पालिकाका ३०२ जना कृषकहरुलाई कृषी बिउजिन,स्प्रे टंयाकी वितरण । ४० जना आप्रवासीहरुलाई मागमा आधारित सामानहरु सहयोग र वडा न १ मा ६३, ४ मा ६१, ५ मा ८९ जना गरी जम्मा २१६ जनालाई स्वास्थ्य बिमा सहयोग गरिएको कार्यक्रम संयोजक कडाराले बताउनु भयो ।

हाल सम्मको ३६ जनालाई सुनौलो न्यानो माया विपन्न सिमाकृत परिवारलाई सहयोग गरिएको छ । फिल्ड अवलोकन कार्यक्रममा कृष्णपुर न.पाका नगरउपप्रमुख द्रोपती राना, स्वास्थ्य शाखाका सिर्जना शाह, वडा नं ५ का अध्यक्ष टेक पाण्डे, सुचना अधिकारी प्रेम बोगटी, महिला तथा बालबालिका कार्यालयबाट चन्द्रकला तिमिल्सेना,पशु शाखाका किरण थापा,कृषि शाखाका दिल बहादुर चौधरी लगायतको उपस्थिती रहेको थियो ।

रिकोभर कार्यक्रम एलडब्लु आरको प्राविधिक तथा आर्थिक सहयोग र निड्स नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकामा संचालित रहेका छन् ।
