Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीईप्रका गड्डाचौकीको प्रहरी टोलीद्वारा अवैध समान बरामद गरी भन्सार चलान

ईप्रका गड्डाचौकीको प्रहरी टोलीद्वारा अवैध समान बरामद गरी भन्सार चलान

कञ्चनपुर,
कञ्चनपुरमा नेपाल प्रहरीले अवैध समान चोरी तस्करी एव नियन्त्रणमा कडाई गरेको छ । भारतबाट चोरी तस्करी गरेर नेपाल भित्रिईरहेको समान प्रहरीले बरामद गर्दै भन्सार बुझाउने काम तिव्र पारेको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीले भारतबाट भन्सार शुल्क नतिरेरै सिधै अवैध रुपमा नेपाल ल्याईरहेको भित्र्राउन खोजेको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएका छुट्टाछुट्टै टोलीले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले गड्डाचौकी प्रहरी टोलीले भीमदत्त नगरपालिका १० पशुपाति टोल र तिनतारा क्षेत्रबाट अवैध रुपमा भन्सार छलीको समान बरामद गरेर भन्सार बुझाईएको बताए ।

प्रवक्ता शाहका अनुसार ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज समेत रहेका प्रहरी नायब निरीक्षक बहादुर सिह धामी कमाण्ड नेतृत्वको टोलीले पशुपति टोल पिपलको रुख स्थित भारतबाट ल्याएको भन्सार छलीको चिनी, मिश्री, दाल लगायतको ५७ हजार, १९० रुपैया बराबरको समान र प्रहरी सहायक निरीक्षक महन्त सिह बोहरा कमाण्ड नेतृत्वको टोलीले भारतबाटै भन्सार छलेर ल्याएको समान मोटरसाईकलको ब्याट्री, छाता, खानेतेल गरी १ लाख ५ हजार ५६०रुपैया गरी जम्मा १ लाख, ६२ हजार ७५०रुपैया बराबरको समान बरामद गरेर भन्सार बुझाएको छ । प्रहरीले तस्करमाथि डण्डा बजाएर राजस्व छलीका घटना रोक्ने कार्यले स्थानीय हर्षित भएका छन । राजस्व छल्ने जो सुकैमाथि पनि कार्बाही गरेमात्रै दुई पटक कोरोना महामारीले धरासायी बनेको अर्थतन्त्रमा केही सुधार आउने विज्ञहरुको भनाई छ । ईप्रका गडडचौकीको जस्तै कञ्चनपुर जिल्लाभरीबाट हुने चोरी तस्करी नियन्त्रण गर्न सकेपनि राजस्व छली रोकिने स्थानीयको सुझाव छ ।

ताजा समाचार