Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी नाकाबाट खुलेयाम तस्करी बेलौरी नाकाबाट खुलेयाम तस्करी भईरहेको समान बन्साह पुगेर...

बेलौरी नाकाबाट खुलेयाम तस्करी बेलौरी नाकाबाट खुलेयाम तस्करी भईरहेको समान बन्साह पुगेर प्रहरीद्वारा बरामद

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नाका ठाँउ ठाँउमा सशस्त्र प्रहरीका (बिओपी) छन । तर, बेलौरी नाकाबाट निर्वाद रुपमा खुलेयाम तस्करी भईरहेको छ । भारतबाट बेलौरी नाका भएर उत्तर झलारीतिर तस्करी भईरहेको ठुलो परिमाणको समान प्रहरीले बरामद गरेको छ । ३०जेठमा बरामद गरेको प्रहरीले समान जेठ २मा आएर मात्रै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाबाट खटिएको टोलीले ३० जेठ दिउँसो ४ बजेतिर बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत शुक्लाफाँटा नगरपालिका १बन्साहबाट अवैध चोरी तस्करी गरेको समान बरामद गरिएको छ । १५ बोरा मलखाद, बेलौरीको भुडाबाट ४०हजार मुल्य बरामबरको मुबिल, तिलकेनीबाट खानेतेल, नुन, नरीवल गरी ४२ हजार ५ सय गरी १लाख १३ हजार ५ सय बरामबरको अवैध समान बरामद गरेको छ । कसको गोदाम वा कुन तस्कर समुहको भनेर प्रहरीले सार्वजनिक गरेको छैन । समानधनीगाई गोप्यमा राखेको छ । उक्त समान तस्करीमा प्रयोग भएका साधन समेत बरामद भएका छैनन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले अवैध रुपमा बरामद भएका समान बरामद गरेर भन्सार बुझाएको बताए । तर, ति समान कसका ति समान तस्करी गर्ने कोही पक्राउ परेकी ?भन्ने प्रशनमा पक्राउ नपरेको र साईकलमा ल्याएको हुनसक्ने बताए । जिल्लामा खुलेयाम तस्करी हुँदा समेत सीमा क्षेत्रमा रहेका सशस्त्र प्रंहरीका बिओपी चुपचाप बसेको छन ।
सीमाबाट नेपाल भित्रिएको समान नेपाल प्रहरीले बरामद गरेर भन्सार बुझाउँछन, तर सीमामै रातदिन खटिएको सशस्त्र प्रंहरीले तस्करमा समान समात्दैन, प्रहरीलाई आन्तरिक समाजको शान्ति सुरक्षामा खटिदा भ्याईनभ्याई छ । त्यसकै तस्करीका समान बरामद गर्नमा व्यस्थ हुनुपर्ने बाध्यता भन्दै केही प्रहरी तस्करप्रति सशस्त्र प्रहरी उद्दार भएको विषयमा हैरान भएका छन । तस्करी, अवैध काम रोक्नका लागि सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी राखेको छ, तैपनि तस्कर तह लगाउने काम पनि प्रहरीको टाउमा आएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन ।

ताजा समाचार