Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा मुसा समेत नछिर्ने सुरक्षा व्यवस्थाबाट दैनिक कुवीन्टलौ अवैध कुखुरा भित्रिदै

कञ्चनपुरमा मुसा समेत नछिर्ने सुरक्षा व्यवस्थाबाट दैनिक कुवीन्टलौ अवैध कुखुरा भित्रिदै

बेलडाँडी,
कञ्चनपुरको नेपाल/भारत सीमा नाकाहरुबाट भारतीय अवैध कुखुराहरुको चोरी निकासी दिनप्रतिदिन बढ्दै गएको छ । मुसा समेत नछिर्ने राज्यले बाक्लो सुरक्षा व्यवस्था सीमामा खटाउदा समेत दिन प्रतिदिन क्वीन्टलौ अवैध कोइलर बोइलर कुखुरा भित्रिदा सीमाका स्थानीय वासी हैरान भएका छन् ।

प्रशासनले अवैध कुखुराहरुको चोरी निकासीमा ध्यान नदिदा सीमा नाकाहरुबाट भारतीय अवैध कुखुराहरुको चोरी निकासी दिनप्रतिदिन बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारबाट कुखुरा नेपाल भित्र्याउन पूर्ण रुपमा प्रतिबन्धित भएतापनि कञ्चनपुरको बेलडाँडी, बेलौरी, भुडा, सडकघाट, झिलमिला लगायतका खुल्ला नाकाबाट दैनिक १५देखि २० क्वीन्टल अबैध बोइलर र कोइलर कुखुरा भित्रिने सीमा क्षेत्रका स्थानीयवासी बताउछन् ।

सस्तो मूल्यमा भित्रिने कुखुराले बजार ओगड्दा एकातर्फ नेपाली किसानको उत्पादन बिक्री गर्न कठिन हुने गरेको छ भने अर्कातर्फ भारतबाट तस्करी भएर आएको कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय बन्द गर्नुपर्ने नेपाली कुखुरा व्यवसायीको दुखेसो छ । उनका अनुसार नेपाल भित्रिने यस्ता अवैध भारतीय कुखुरा र चल्लाका कारण कैलाली–कञ्चनपुर जिल्लाका अधिकांश पोल्ट्री फर्म बन्द भइसकेको जनाए ।

भारतीय कुखुरामा जिग्रोमिन नामक छिटो हुर्कने औषधी प्रयोग गरेर बोइलर लगायतका बिभिन्न जातका कुखुरालाई एक महिनामा साढे दुईदेखि तीन किलोसम्मको बनाउने प्रक्रिया अपनाइन्छ भने त्यही औषधी प्रयोग गरेको संक्रमित कुखुराहरु दिनहुँ तस्करीहरुले भारतीय सीमा नाका हुँदै नेपाल भित्र्याउँने गरेको श्रोतको दाबी छ ।

भारतीय सीमा नाका हुँदै नेपाल भित्र्याइने लेयरस, ब्रोइलर, कोइलर, प्यारेन्टस् लगायत बिभिन्न जातका मानव स्वास्थ्यका लागि निक्कै हानिकारक कुखुराहरु नेपाली बजारमा सहजै बिक्री बितरण हुदा समेत कसैको ध्यान पुगेको छैन् ।

बोइलरकुखुराको मासु खानेहरू सावधान

यदि तपाई कुखुराको मासु सेवन गर्न रुचाउनुहुन्छ र बजारमा उपलब्ध बोइलर खरिद गर्नुहुन्छ भने सोच्नुहोस् । स्वास्थ्य बचाउने कि स्वाद ?
अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गंभिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले यसै भन्छ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ?
१. बोइलर कुखुराहरुको रोग प्रतिरोधात्मक क्षमता अत्यान्तै कम हुन्छ । त्यसैले उनीहरुलाई एन्टि बायोटिक इन्जेक्सन दिइन्छ, ताकि एन्टिबायोटिक क्षमता बृद्धि होस् । हामी त्यस्तै इन्फेक्सनले ग्रस्त कुखुराको मासु सेवन गरिरहेका हुन्छौ ।
२. एकसाथ सैयौं बोइलर कुखुरा पालिएको हुन्छ । त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् ।
३. अध्ययनहरुमा पाइएको छ कि, बोइलर कुखुरामा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा समेत बढाउँछ।
४. व्यवसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझो असर गर्छ ।
५. बोइलर कुखुरा सेवन गर्दा फुड पोइजनको भय हुन्छ ।

ताजा समाचार