Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीधनगढीमा सञ्चालनमा आयो भाटभटेनी सुपरस्टोर

धनगढीमा सञ्चालनमा आयो भाटभटेनी सुपरस्टोर

धनगढी,

धनगढीमा भाटभटेनीको सेवा सञ्चालनमा आएको छ। उपमहानगरपालिका–३ बोराडाँडीमा आज शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो। देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३औं स्टोर हो। स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङ लगायत सपरिवारले उद्घाटन गरेका हुन्।

देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम प्रदेशमा भने धनगढीबाट पहिलोपटक सेवा शुभारम्भ गरेको हो। १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर, खेलौना लगाएत सम्पूर्ण सामानहरु उपलब्ध छन्। त्यसैगरी स्टोरमा रेष्टुरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्सं) पनि सूचारु हुने बताइएको छ।

उद्घाटनको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले जनाउदै निःशुल्क होम डेलिभरी सुविधा समेत रहेको जनाएका छन्।

ताजा समाचार