Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीजिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा बोहरा निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा बोहरा निर्विरोध निर्वाचित

कञ्चनपुर,
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काँग्रेसका नेता दुर्गा दत्त बोहरा उप प्रमुखमा पनि काँग्रेस बेलडाँडीकी नेतृ राम कुमारी राना निर्वाचित भएका छन ।
३० जेठमा हुने जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचनमा लागि बुधबार मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला समन्वय समितिको प्रमुख, उप प्रमुख एव सदस्यका लागि चाहिने आवश्यक पदका लागि सीमित उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्य तर्फ जयसिह विष्ट, राम सिह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लिला चौधरी, चन्द्रवती थापा र बिमला कुमारी सार्कीको उम्मेदवारी दर्ता भएको छ । ‘जति सबै उम्मेदवारको मनोनयन दर्ता भयो, उति नै पद हुन, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले भने, ‘अब अन्य प्रकृया हुन्छ, उहाँहरु नै निर्विरोध हुनेछन ।’ अब आधिकारिक उम्मेदवारी घोषणा मात्रै बाँकी छ ।

ताजा समाचार