Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाको विद्यालय विदा दिने निर्देशनको अवज्ञा, अभिभावक अलमलमा

बेलडाँडी गाउँपालिकाको विद्यालय विदा दिने निर्देशनको अवज्ञा, अभिभावक अलमलमा

बेलडाँडी,
हिजो बेलडाँडी गाउँपालिकाले अत्यधिक गर्मीको कारण देखाउदै तीन दिनका लागि विद्यालय विदा दिने विज्ञप्तीको विद्यालयहरुले अवज्ञा गरेका छन् । विद्यालयहरुले कोर्स पुरा गर्न र विहान ७ बजे
देखि १० बजे सम्म गर्मी कम हुने भएकाले विद्यालय संचालन गर्नमा त्यति समस्या नहुने जनाउदै विद्यालयहरु संचालन गरिरहेका छन ।

गाउँपालिकाले जारी गरेको विज्ञप्ती हेरेर अभिभावक भने अलमलमा परेका छन् । अभिभावकहरुका अनुसार हचुवाको भरमा निकालेको विज्ञप्तीले हामीहरुलाई समस्या पारेको छ । त्यसैले सबै कुरामा एकरुप्ता हुनुपर्ने बताए ।

यस विषयमा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले भनिन् छलफल गरेर अगाडी बढ्ने जनाइन ।

ताजा समाचार