Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीअत्यधिक गर्मीका कारण बेलडाँडीका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक गर्मीका कारण बेलडाँडीका विद्यालय तीन दिनका लागि बन्द

बेलडाँडी,
दिनप्रतिदिन बढ्दै गरेको गर्मीका कारण बेलडाँडी गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बिदा दईएको छ ।

गर्मीका कारण शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने तथा विद्यालयमा पठनपाठन कार्यमा समेत कठिनाई भएका कारण प्रधानाध्यापक तथा शिक्षकहरूद्वारा बिदाका लागि माैखिक अनुरोध भएको कारण देखाउदै बेलडाँडी गाउँपालिकाले २५ गते देखि २७ गते सम्म तीन दिन विद्यालयको सञ्चित वर्षे बिदाबाट मिलाउने गरी बिदा दिन बिद्यालयलाई निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीद्वारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

ताजा समाचार