Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेसले जितेका कञ्चनपुरका पालिकामा लफडा कतै तालाबन्दी कतै नारा जुलुस बिरोध प्रर्दशन,...

काँग्रेसले जितेका कञ्चनपुरका पालिकामा लफडा कतै तालाबन्दी कतै नारा जुलुस बिरोध प्रर्दशन, तालाबन्दीमा काँग्रेसकै नेता कार्यकर्ता अग्रमोर्चामा

कञ्चनपुर,
गत बैशाख ३० मा स्थानीय तहको चुनाव सम्पन्न भयो । करिब ५ देखि १० दिनमा मत अत्मिम मत परिमाण आयो । पाँच स्थानीय तहमा नेपाली काँग्रेस, तीनमा एमाले र १मा माओवादी केन्द्रले जित्यो । पालिकामा नयाँ जनप्रतिनिधी आएको एक महिना नवित्दै वडामा तालाबन्दी नगरपालिकामा बिरोध प्रर्दशन भए । जबकी नयाँ आएका जनप्रतिनिधीको परीक्षण काल हनुमुन समय समेत सकिएको थिएन । जहाँ काँग्रेंसले पालिका जितेको छ, त्यही लफडा मच्चिरहेको छ । कि विपक्षी आन्दोलनमा छन वा काँग्रेस भित्रकै अन्तर संघर्षले आन्दोलन भईरहेको छ । यस विषयमा खासै ध्यान दिईएको छैन ।
स्थानीय तह र जनप्रतिनिधी बिरुद्धमा नाराबाजी तालाबन्दी शुरु भए । जहाँ जहाँ सत्ताधारी नेपाली काँग्रेसले जितेको छ । त्यही पालिकाहरुमा लफडादेखि आन्दोलन भईरहेका छन । यो शुभ सायत हो वा विपक्षको आक्रेस हो ।
काँग्रेसकै नेता कार्यकर्ता तालाबन्दीदेखि नागरिक उस्काउन उद्यत छन । यसमा उनीहरुले आफ्नै नेता कार्यकर्ता असफल बनाउन केन्द्रीत हुन वा वडामा पराजित भएको आक्र्रोस हो भएको ठम्याउन सकिएको छैन ।
पुनर्वास १० नम्बर वडा कार्यालयमा राजनीतिक पुर्वाग्रही ढङगबाट मेयर तोया प्रशाद शर्मा र उप मेयर भुलिया राना निकट व्यक्ति कार्यकर्ताहरु नै तालाबन्दीमा उत्रिएको स्वयम काँग्रेस नेताहरु बताउँछन ।
वडाले गत बर्षमै गरेको एक सहकारीलाई जमिन दिने विषय सिफारिसको निहुँ बनाएर वडामा तालाबन्दी गरेका छन । ‘वडाले गत बर्ष निर्णय ग¥यो, अहिले केही नेता कार्यकर्ताले चुनाव हारेको झोकमा तालाबन्दी गरेका छन, ‘एक स्थानीयले भने, ‘काँग्रेसले नगरपालिका नेतृत्व जितेको छ, उनकै मान्छे आन्दोनलमा छन ।’
बेदकोट नगरपालिका ८ मा पनि मदिरा सेवन गरेर लफडा गरेको प्रकरणमा काँग्रेसकै केही नेता कार्यकर्ता वडा कार्यालयमा तालाबन्दीमा उत्रिएका थिए । बेदकोट ८ मा काँग्रेसबाट उम्मेदवार रहेका दिलु बोहरा सहितका नेता कार्यकर्ताले वडाध्यक्ष महेशराज जोशीमाथि जनता कुटेको मित्था आरोप लगाएर वडामा तालाबन्दीमा उत्रिएका थिए । बुष्टर डोज लगाएकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी गंगा राना मृत्यु प्रकरणमा समेत शुरुमै काँग्रेसका केही नेता कार्यकर्ताले उक्त प्रकरणमा क्षतिपूर्तिको माग उठाएर स्थानीय उस्काएका थिए ।
काँग्रेसका केही नेता कार्यकर्ताहरुले उक्त घटनाका दोषिमाथि कार्बाहीका साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै समाजिक सञ्जालदेखि गाँउमा उस्काएरपछि भीमदत्त नगरपालिकामा मृतक पक्ष स्थानीयले क्षतिपूर्तिका लागि आन्दोलन गरेका थिए । भीनपा २ उल्टाखाममा एक नाबालिका बलात्कार प्रकरणमा समेत नगरपालिकामा आन्दोलन भएको थियो ।
यसरी काँग्रेसका नेता कार्यकर्ता नै आफ्ना स्थानीय सरकार प्रमुखलाई असफल बनाउन उद्यत रहेको काँग्रेसका नेता कार्यकर्ताविच होडबाजी चलेको छ । मुखनिजर जय नेपाल बाहिर सिध्याउन केन्द्रीत रहेको भन्दै नेता कार्यकर्ताविच विवाद चुलिएको हो । कञ्चनपुरका एक काँग्रेस नेताले काँग्रेसलाई हराउने पनि काँग्रेसै, असफल बनाउने पनि काँग्रेसकै तर आरोप कम्युनिष्टमाथि थुपार्ने प्रवृतिले काँग्रेसलाई जनताले दिएको जनमत खेर जाने चिन्ता व्यक्त गर्नुभयो । सपथ तथा पदभार ग्रहण गरेको महिना दिन नपुग्दै आफ्नै नेता कार्यकर्ता र विपक्षी आन्दोलनमा उत्रिएका छन । विपक्षी भन्दा पनि काँग्रेसलाई आफ्नै नेता कार्यकर्ता आन्दोलनमा उत्रिएपछि चिन्ता बढ्दै गएको छ । सो गतिबिधीबाट जिल्ला समन्वय समितिको पदपूर्ति नहुँदै काँग्रेस नेता कार्यकर्ता आफ्नै मेयर, उप मेयर बिरुद्धमा षडयन्त्रको जालो रच्दै गएको जेष्ठ काँग्रेस नेताहरुको भनाई छ ।

ताजा समाचार