Thursday, August 18, 2022
गृहपृष्ठदैनिक गतिविधीडिप्रोक्स लघुवित्त बेलडाँडीद्धारा आफ्ना समुहहरुलाई ऊखुखेती सम्वन्धी तालिम

डिप्रोक्स लघुवित्त बेलडाँडीद्धारा आफ्ना समुहहरुलाई ऊखुखेती सम्वन्धी तालिम

बेलडाँडी,
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बेलडाँडी चवन्नी शाखा अन्तरगतका समुहहरुलाई ऊखुखेती सम्वन्धी तालिमको उदघाटन गरिएको छ ।

बेलडाँडीको चवन्नी बजारमा रहेको डिप्रोक्स शाखाले सदस्यहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत १ दिने ऊखु खेती सम्वन्धी तालिम दिन लागेको शाखा प्रमुख चन्द्रिकानन्द पण्डितले जानकारी गराउनु भयो । उहाँका अनुसार बेलडाँडीको चवन्नीमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था २०७३ सालमा शाखा विस्तार गरिएको जनाउदै १६६ केन्द्र रहेको शाखामा २२ सय ८० जना सदस्य रहेको छन् । बेलडाँडी शाखाबाट १४ सय २० जना ऋण उपभोत्ता, १६ करोड २० लाख लगानी गरेको र ५ करोड ४० लाख बचत भएको जनाए ।

तालिमको उदघाटन बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले गर्नु हुदै भने संस्थाहरुलाई बचाउने जिम्मा स्थानीय सरकारको समेत रहने भन्दै ऊखु खेतीले यहाँका किसानको जिवन माथी उस्केको बताए । यहाँको चिनी मिलले गर्दा मुल्य कम भएको जिमनको मुल्य भएको र किसानलाई फाइदा भएको जनाउदै प्रयोगमा नआएको जमिन समेत मिलका कारण प्रयोगमा आएको र यहाँका किसानलाई फाइदा भएको छ । अझै यहाँका किसानलाई माथी उकास्न स्थानीय सरकारको तर्फबाट लागि पर्ने बताए ।

यस्तै वडाध्यक्ष इन्द्र बहादुुर खडकाले ऊखु सम्वन्धी ज्ञानको सम्पुर्ण किसानले बढी भन्दा बढी लाभ लिनुपर्ने बताए । तालिमले पक्कै पनि ऊखु उत्पादनमा बृद्धि हुने बताउदै यो तालिम यहाँका लागि एकदमै राम्रो भएको जनाए ।


कार्यक्रमकी सभापति गिता राना क्षेत्रीले भने यस तालिमले ऊखु खेती गर्ने किसानलाई फाइदा हुने जनाउदै हामी सबै नगदे बालि संग जोडिएकाले यो तालिम आयोजना गरिएको बताए । यो तालिमको सबैले लाभ लिन आग्रह गर्दै तालिमले दिएका कुरा व्यवहारमा लागुगरे किसानलाई फाइदै हुने जनाए ।


कार्यक्रम प्रमुख अतिथि राना, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष शान्ती नाथ, वडा इन्द्र बहादुर खडका, लगायत वडा सदस्य, समुहका सदस्यहरु सहभागि रहेको कार्यक्रमको सभापतित्व भने गिता राना क्षेत्रीले गरेकी थिइन । कार्यक्रममा स्वागत मनतब्य संस्थाकी एलिजा न्यौपानेले राखेकी थिइन ।

ताजा समाचार