Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमहेन्द्रनगरमा उल्टो म्यूजियम संचालन

महेन्द्रनगरमा उल्टो म्यूजियम संचालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा उल्टो म्यूजियम संचालनमा आएको छ । भीमदत्त नगरपालिका ३ भाँसी स्थित यस अघि महेन्द्रनगर म्यूजियमा अब उल्टो म्यूजियम संचालनमा आएको हो ।

क्याप्टेन बेद प्रकास उप्रेतीले यस क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि हेलीकेप, स्वीमिङ्गपुल संचालनमा ल्याएका थिए । म्यूजियमको ग्राउण्ड फ्लोरमा जेठ तेस्रोसाता बुधबारदेखि उल्टो म्यूजिम संचालनमा ल्याएको हो । महेन्द्रनगर म्यूजियका संचालक बेद प्रकास उपे्रतीले नेपालमै पहिलो उल्टो म्यूजियम भएको दावि गरे । ‘यस्तो म्यूजिम विदेशतिर छ, ‘उनले भने, ‘नेपालमा पहिलो हो, यहाँ सुल्टो फोटो खिचे उल्टो आउँछ ।’

पर्यटकलाई मनोरञ्जनका लागि उल्टो म्यूजिम संचालनमा ल्याएको उनले बताए । माथिल्लो फ्लोरमा सुदूरपश्चिमको लोक सस्कृति झल्किने, ऐतिहासिक, धार्मिक पर्यटकिय वृतचित्र राखिएका छन ।

उल्टो म्यूजियमको एक कार्यक्रमका विच पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्गा थापा र नेपाल पत्रका महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले उद्घाटन गरेका छन । पत्रकारद्वय थापा र ठगुन्नाले उल्टो म्यूजियम संचालनमा आएसगै थप पर्यटकीय क्षेत्रमा प्रर्बद्धन हुने बताए । उक्त म्यूजियममा अवलोकनका लागि प्रति व्यक्ति १ सय रुपैया शुल्क तोकिएको छ । कञ्चनपुरका उक्त उल्टो म्यूजियम संचालनमा आएसंगै थप पर्यटकीय प्रर्बद्धन हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार