Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कांग्रेस सभापतिको अर्को सफलता, साधारण सदस्य समेत नरहने गरी राजिनमा दिएका...

बेलडाँडी कांग्रेस सभापतिको अर्को सफलता, साधारण सदस्य समेत नरहने गरी राजिनमा दिएका ३८ जनालाई विना सर्त फर्काए पार्टीमा

बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडीका नेता कार्यकर्ताले ४ दिन पहिला विभिन्न कुरामा असन्तुष्टि जनाउदै राजिनामा दिएका थिए । असन्तुष्ट रहेकाहरुलाई पार्टीमा फर्काउन बेलडाँडी गाउँ सभापतिको पहलमा उनीहरु संग आज बसेको बैठकले सार्थकता पाएको छ ।

गाउँ कार्यसमितिका पदाधिकारी, प्रदेश (ख) समिति र क्षेत्रीय कार्य समितिका प्रतिनिधिहरुलाई समेत सहभागि गराई बसेको बैठकमा विना कुनै सर्त पार्टीमा फर्काइएको हो । छलफलमा ३८ जनाले सयुक्त रूपमा दिएको राजिनामा फिर्ता लिदै आगामी दिनमा नेपाली कांग्रेस बेलडाँडी एक ढिक्काभई अघि जाने निर्णय भएको जनाइएको छ ।

४ दिन अघि बेलडाँडी–२ का वडा सभापति मदन भट्ट, महाधिवेशन प्रतिनिधि राधिका देवी जोशी लगायत कृयाशिल पार्टीका ३८ जनाले सयुक्त रूपमा दिएको राजिनामा आपसी छलफल र असन्तुष्ट भएको विषयमा आत्मा आलोचना गरि राजिनामा फिर्ता लिएर अबका दिनमा पार्टीका सबै कार्यमा एक भई अघि जाने निर्णय भएको नेपाली कांग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयो ।

सभापति बिष्टले शुरु देखिनै साथीहरुले राजिनामा दिएको बिषय प्रति दुःखप्रकट गर्दै आएका थिए । उनले भने काम गर्ने दौरानमा तलमाथी हुन सक्छ आगामी दिनमा पार्टीमा छलफल गरेर अगाडी बढ्ने हामी सबैले बिना सर्त सहमती गरेका छौं ।

बेलडाँडी गाउँपालिका वडा नं.१ का अध्यक्ष समेत रहेका बिष्टलाई आजकै दिन देखि गाउँकार्यपालिकाले ठुलो विश्वासका साथ बेलडाँडी प्रवक्ताको थप जिम्मेवारी दिएको छ । आफ्नो कार्यकालमा भएका राम्राकामलाई प्रेरणा बनाई र विग्रिएका कामको सुधार गर्दै बेलडाँडीमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन सफल सभापतिले रुष्ट भएकाहरुलाई समेत पार्टीमा फर्काउन सफल भएका छन् । चार दिन पहिला साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएकाहरुलाई जादुको छडीझै पार्टीमै फर्काएका हुन । बिष्ट भन्छन् यसको जस मैले लिने मात्र होइन यसमा सबैको हात र साथ रहेको छ । अझै बेलडाँडी कांग्रेसलाई कसरी बलियो बनाउन र जनउत्तरदायी बनाउनमा आफु लागि परेको जनाए ।

ताजा समाचार