Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँकार्यपालिकाको पहिलो बैठकले वडा नं.१ का अध्यक्ष बिष्टलाई तोक्यो प्रवक्ता

बेलडाँडी गाउँकार्यपालिकाको पहिलो बैठकले वडा नं.१ का अध्यक्ष बिष्टलाई तोक्यो प्रवक्ता

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा आज कार्यपालिकाको पहिलो बैठकले वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टलाई गाउँपालिकाको प्रवक्ता तोकेको छ । आफु सहित सिंगो नेपाली कांग्रेस बेलडाँडीलाई बहुमतले विजयी गराउन सफल कांग्रेसका गाउँसभापति समेत रहेका बिष्टलाई आज बसेको कार्यपालिकाको बैठकले प्रवक्ता तोकेको बेलडाँडी गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले जानकारी गराउनु भयो ।

नेपाली कांग्रेस बेलडाँडीका सभापति समेत रहेका बिष्टलाई पार्टीले इमान्दार नेताकारुपले हेर्ने गरेकाले वहाँलाई जिम्मेवारीका लागि सिफारिस गरेको जनाइएको छ ।
उहाँका अनुसार बैठकले भूमि आयोगको कामलाई अगाडी बढाउने, बेलडाँडीमा १५ सैया अस्पताल निर्माणको टेण्डर प्रकृया अगाडी बढाउने लगायतका निर्णय गरेको जनाए ।

ताजा समाचार