Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी स्वास्थ्य केन्द्रद्धारा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत

बेलडाँडी स्वास्थ्य केन्द्रद्धारा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत

बेलडाँडी,

बेलडाँडी स्वास्थ्य केन्द्रले बेलडाँडीका नयाँ जनप्रतिनिधीहरुलाई स्वागत गरेका छन् ।

बेलडाँडीका स्वास्थ्य समस्यामा ध्यानार्कषण गराउदै अध्यक्ष, उपाध्यक्ष सहित अन्य जनप्रतिनिधिलाई दोसल्ला सहित फुलमालाले स्वागत गरेका हो । बेलडाँडी–२ का वडा अध्यक्ष एवं स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारद सिह उर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना र विशिष्ट अतितथि उपाध्यक्ष शान्ती नाथ रहनु भएको थियो । भने अतिथिहरूमा विभिन्न क्षेत्रका प्रमुख, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रानाले स्वस्थ्यका समस्याका सवालमा उलेख्य परिवर्तन गरिने बताउदै तत्काल १५ शैयाको अस्पतालको ठेक्का खोलिने बताउनु भयो ।

उहाँले भने “बेलडाँडीमा स्वास्थ्यको उपचारमा सबै जनताको सहज पहुच बनाउछु भन्दै अबको ५ बर्षमा बेलडाँडीमै सबै अत्यावश्यक उपचार गरिने सेवा प्रदान गरिने वातावरण बनाउने बताए ।”

यहाँ शर्पदंश उपचार देखि रेविज उपचारको सेवा बेलडाडीमै जनताले पाउने किसिमको स्वास्थ्य क्षेत्रमा क्षमता बृद्वि गरिने बताउनु भयो । सम्मान तथा स्वगत कार्यक्रम गरेकोमा सबैलाई धन्यावाद समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि उपाध्यक्ष नाथले जीवन स्वास्थ संग जोडिएकाले स्वास्थ्यका सवालमा परिवर्तन गर्न आफ्नो सक्दो प्रयास रहने बताउनु भयो । उनले भने”स्वास्थ्यकर्मीको कामको उच्च मुल्यांकन गर्दै स्वास्थ्यका क्षेत्रमा बेलडाँडीलाई फरक किसिमले चिनाउने बताउनु भयो ।”

बेलडाँडीमा छोरी जन्मदा प्रतिव्यक्ति नगद ३ हजार दिने निर्णय समेत गरेको बताउदै गरिव, विपन्नका लागि समेत जनताको स्वास्थ्य बचाउन एम्बुलेन्स निशुल्क देखि समयमै उपचार पाउने अधिकार समेत प्रदान गरिएको जनाए ।

कार्यक्रममा बेलडाँडी–१ का अध्यक्ष गज बहादुर विष्ट, ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, स्वास्थ्य स्वयमसेवीका सरस्वती शाही लगायतले मनतव्य राखेका थिए । स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्र प्रसाद भट्टको स्वागत मनतव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन भने स्वास्थ्यकर्मी महेश खत्रीले गर्नु भएको थियो ।

ताजा समाचार