बेलडाँडी,
बेलडाँडी कांग्रेस भित्र यति बेला हंगामा मच्चिएको छ । स्थानीय चुनाव लगभग ३० बर्ष पछिको नेपाली कांग्रेसको विरासत फर्काउने सफल नेपाली कांग्रेस बेलडाँडी गाउँसभापति गज बहादुर बिष्टको टाउँकोमा यति बेला एक थरि पार्टीका मान्छेहरुले अपजस थुपारी राखेका छन् ।

२०५४ देखि ७४ सम्म कम्युनिष्टहरुले राज गरेको बेलडाँडीमा स्थानीय निर्वाचन २०७९ को मत परिणाम कांग्रेसको पक्षमा पार्न सफल भएका गाउँसभापति बिष्टको टाउँकामा वडा नं.२ का नेता कार्यकर्ताहरुले विभिन्न आरोप लगाउदै अपजस थुपारी दिएका छन् । पार्टीको सुझाव सल्लाहलाई मनन गरी अगाडी बढ्ने नेता बिष्टले सिंगो बेलडाँडी पार्टीलाई जिताउनका लागि अहम भूमिका निर्वाह गर्दै आफु समेत वडाअध्यक्षमा निर्वाचित भएका हुन ।
काम गर्ने दौरानमा कुनै ठाउँ कमजोरी हुन सक्ने भन्दै बिष्टले पार्टीका साथीहरु समक्ष आलोचित हुदा समेत पार्टीका साथीहरुले राजिनामा पत्र बुझाएका छन् । राजिनामा नर्गनुस भन्दा समेत उनीहरुले कुरै नसुनि राजिनामा दिए पछि आफुले माथिल्लो निकायमा खवर गरिदिएको बिष्टले बताए ।
बिष्टले भने हामीहरुले राम्रो संग जितको उत्सव मनाउनै पाएका छैनौ साथीहरुबाट राजिनामाको हस्ताक्षर पत्र हातमा आउदा दुःख लागेको बताए । ०७४ सालको निर्वाचनमा बेहालले हार खेप्नु परेको पार्टीलाई जितमा ठिक उल्ट्याइ दिएका बिष्टको कुनै दोष नभएको माथिल्लो तहका नेताहरुको भनाइ छ ।
हिजो मात्र बेलडाँडीका केही नेता कार्यकर्ताले पार्टीका गतिविधि ठिक नभएको भन्दै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् । उनको यति बेलाको राजनितिले पार्टीलाई भने कुनै समस्या नपर्ने उपल्लो तहका नेताहरुको बुझाई छ ।
