Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुर्व शिक्षक एव समाजसेवी माली बने बेलडाँडी कार्यपालिका सदस्य

पुर्व शिक्षक एव समाजसेवी माली बने बेलडाँडी कार्यपालिका सदस्य

बेलडाँडी,
३०बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्र्तरगत कञ्चनपुरका पालिकाले कार्य पालिका सदस्य चयन गरिरहेका छन ।
एकल बहुमत भएका पालिकामा धमाधम र अल्पमतमा रहेका पालिकामा गठबन्धन गरेर कार्यपालिका सदस्य चयन भईरहेका छन । बेलडाँडी गाँउपालिकाले समेत रिक्त कार्यपालिका सदस्य निर्वाचन प्रकृयाबाट चयन गरेको छ ।
अल्पसंख्यक मध्ये बेलडाँडीमा चिनपरिचित समाजसेवी व्यवसायी चेतराम मालीपनि कार्य पालिका सदस्यमा निर्वाचित भएका छन । झण्डै तीन दशकदेखि काँग्रेस राजनीतिमा सकृय रहेका माली एक इमान्दार सफल व्यवसायीका प्रतिबम्ब हुन । पञ्चायतकालमा शिक्षक समेत रहेका मालीले शिक्षण पेशा छाडेर व्यवसायमा जुटेका थिए । ०३५देखि ०४८सालसम्म मालीले सिहपाल विद्यालयमा पढाएका थिए । ‘मैले शिक्षण पनि गरे, ‘मालीले भने, ‘निजी अस्थायीमा परे, त्यसपछि दरबन्दी आयो म हट्नुप¥यो, हटे, पछि पनि विद्यालयलाई सहयोग गरिराखे ।’ कार्यपालिका सदस्यमा निर्वाचित भएसंगै मालीले ऐन कानुन अनुरुप बेलडाँडीका जनता हितमा काम गर्ने प्रण गरेका छन । काँग्रेसले यतिबेला पुराना इमान्दार नेता कार्यकर्तालाई जिम्मेबारी दिएको भन्दै बेलडाँडीका काँग्रेस नेताहरु हर्षित भएका छन ।

ताजा समाचार