Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीसपथ ग्रहरणकै दिन देखि बेलडाँडी ५ का वडाध्यक्ष जनताको निरन्तर काममा, निर्वाचनमा...

सपथ ग्रहरणकै दिन देखि बेलडाँडी ५ का वडाध्यक्ष जनताको निरन्तर काममा, निर्वाचनमा गरेका बाचा अनुसार कार्य गर्दै

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ का अध्यक्ष सपथ ग्रहरण गरेकै दिन देखि जनताको काममा निरन्तर लागेका छन् । चुनावका बेला वडावासी किसानहरुलाई समस्या समाधान गर्नका लागि गरेको बाचा पुरा गर्न सिमसार व्यवस्थापनमा लागेका छन् ।

बेलडाँडी वडा नं.५ मा रहेको किसानहरुको सयौं विघा सिमसार जमिनलाई सुख्खा बनाई खेतीयोग्य बनाउनकालागि वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडका ड्रिन सफाइमा लागेका छन् । उनले जनतालाई गरेका बाचा र जनताका प्रत्यक्ष समस्यालाई बुझेकाले उक्त कार्य गर्न लागेको बताए । जनताले आफुलाई विश्वासका साथ दिएको जिम्मेवारी वफादारीका साथ पुरा गर्ने जनाउदै जनताको काममा निरन्तर लागि परेको बताए ।

बेलडाँडी क्षेत्रको ठुलै भुभाग सिमसारले ओगेटेकाले यसको व्यवस्थापन गर्न सके कृषि क्षेत्रमा टेवा पुग्ने वहाँले बताउनु भयो । जमिन छ तर सिमसारका कारण प्रयोगमा ल्याउन नसकेकाले घरखर्च धान्न यहाँका धेरै जसो भारत जाने गर्ने गरेको पाइन्छ ।

उक्त सबै समस्या समाधान गर्नका लागि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना उपाध्यक्ष शान्ती नाथको टोली लागि परेको छ ।
्र

ताजा समाचार