बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडी गाउँ पालिका वडा नं २ मा संस्थागत निर्णयलाई नेतृत्वले लत्याएको भन्दै महाधिवेशन प्रतिनिधि लगायत बेलडाँडीका २७ जना क्रियाशील सदस्यद्वारा सयुक्तरूपमा राजिनामा दिएका छन् । कांग्रेसको नेतृत्वमा स्थानिय सरकार बनेको ४ दिन नबित्दै खैलाबैला मच्चिएको छ ।

हिजो बेलडाँडी चवन्नी वजार पछाडी बसको नेपाली कांग्रेस वडासमितिको बैठकले गरेका संस्थागत निर्णयलाई गाउँसमितिलाई महत्त्व नदिएकाले महाधिवेशन प्रतिनिधि राधिका देवी जोशी, वडा नं २ का सभापति मदन राज भट्ट, सचिव सुरेश सिह ऐर, विनोद साउद लगायतका नेता कार्यकर्ताहरूले सयुक्त राजिनामा दिएका छन् ।
राजिनामा पत्र
