Thursday, August 18, 2022
गृहपृष्ठमुख्य समाचारव्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्तर्गत सात सय युवा दक्ष

व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्तर्गत सात सय युवा दक्ष

कञ्चनपुर: निड्स नेपालले संचालन गरेको बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत ७ सय बढि युवाहरुलाई दक्ष बनाईएको छ । बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत कञ्चनपुर, कैलाली र बझाङ्गका ७ सय २० युवाहरुलाई दक्ष बनाईएको हो ।May be an image of 11 people, people sitting, people standing and indoor
शनिबार उक्त परियोजा समापन कार्यक्रममा परियोजना संयोजक पुष्पा जोशीले कार्यपत्र प्रस्तुत गर्दै परियोजना संचालित भएसंगै अदक्ष युवाहरुलाई विभिन्न सीप प्रदान गरेर दक्ष बनाईएको बताईंन । अर्ध सीप नभएका युवालाई बजारको मागका आधारमा दक्ष बनाउँदै स्वरोजगार उन्मुख गराईएको बताईन ।
May be an image of 9 people, people sitting, people standing, table and indoor
निड्स नेपाल कञ्चनपुरका अनुगमन तथा दस्ताबेजिकरण अधिकृत मनराज उपाध्यायले कार्यक्रम संचालित भएका जिल्लामा रोजगार सम्बाद मञ्च गठन गरिएको बताए । उनका अनुसार रोजगारदाताले बजारको मागको आधारमा थप दक्ष जनशक्ति उत्पादन र खपतका लागि रोजगारदाताले माग अघि सारेको बताए ।
May be an image of text
पालिकाका रोजगार संयोजक, गैसस, एव रोजगारदाता र रोजगारकर्ताले उक्त कार्यक्रम निरन्तर हुनुपर्नेमा जोडदिएका छन । युवाहरुलाई दक्ष बनाई स्वदेशमै रोजगारीका कार्यक्रममा सहभागि गराउनुपर्नेमा जोडदिईएको छ । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)को अध्यक्षतामा भएको कार्यक्रममा रोजगारदाता, विभिन्न संघ संस्थाका प्रतिनिधी एव रोजगारकर्ताको सहभागिता रहेको थियो ।May be an image of 12 people, people standing and people sitting

ताजा समाचार