Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैली१७ गते सम्मका लागि गड्डाचौकी सीमानाका बन्द

१७ गते सम्मका लागि गड्डाचौकी सीमानाका बन्द

बेलडाँडी,
आजदेखि कञ्चनपुरका सीमानाका बन्द भएका छन्। जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचन हुने भएकाले सीमा नाका बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका बन्द हुने जनाएको थियो। गड्डाचौकी लगायतका नाका आज १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्मका लागि बन्द रहने र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ।

ताजा समाचार