Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी प्रमुख रानाद्वारा झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन

बेलडाँडी प्रमुख रानाद्वारा झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन

कञ्चनपुर,
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन गरेका छन ।
कार्यभार सम्हालेको एक सातामै गाँउ प्रमुख रानाले शुक्रबार झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।
बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोला कटानीका कारण उर्बराभूमि क्षतिकरण भएको छ ।
झर्नाखोलाबाट पीडित नागरिकलाई आवत जावत गर्नका लागि राना टोल, ऐरी परिवारको घर जोड्ने क्षेत्रमा पुल निर्माणदेखि बेलौरी बेलडाँडी जोडने खडकखण्ड विस्तारमा समेत अनुरोध गरिएको छ ।
स्थानीय एव झर्नाखोला पीडित सुरेन्द्र साउदले झर्नाखोलाबाट पीडित नागरिकलाई घर जान पुल निर्माण, सडक विस्तार एव कटानी नियन्त्रणका लागि गाँउपालिकाबाट पहल गरिदिन आग्रह गरेका छन ।
स्थलगत अनुगमन गर्दै गाँउ प्रमुख रानाले कटानी नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक विस्तार एव पुल निर्माणका लागि आगामी आर्थिक बर्षदेखि कामकाज शुरु गर्ने आश्वासन दिएका छन ।

ताजा समाचार