Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीआरक्ष पिडितका समस्या समाधान गरिदिन नवनिर्वाचित अध्यक्षलाई ज्ञापन पत्र

आरक्ष पिडितका समस्या समाधान गरिदिन नवनिर्वाचित अध्यक्षलाई ज्ञापन पत्र

बेलडाँडी,
बेलडाँडी आरक्ष पिडितका समस्या समाधान पहल गरिदिन बेलडाँडीका नवनिर्वाचित अध्यक्ष हरिचन्द्र रानालाई आरक्ष पिडितले ज्ञापन पत्र बुझाएका छन् ।

बेलडाँडी गाउँपालिकाका निर्वतमान प्रवक्ता तथा निर्वतमान वडाध्यक्ष अम्मर बहादुर खत्रीको नेतृत्वमा आएको टोलीले नवनिर्वाचित अध्यक्षलाई समस्या समाधान गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् । २०५८ साल संकटकालको अवस्थामा सावविक बेलडाँडी गाविसको ७ र ९ हालको १ र २ मा बसोबास गर्दै आएका २२८ परिवार र रौतेली गाविसको विभिन्न वडाबाट विस्तापित गराई बेलडाँडीमा शिविर स्वरुप बस्दै आएका लगभग १४० परिवार हाल बेलडाँडी र लालझाडी गाउँपालिकाको ढक्का शिविरमा बस्दै आएको व्यहोरा अवगत गराउदै प्रदेश तथा संघ सरकार संग समन्वय गरि समस्या समाधानको पहल गरियोस भनि ज्ञापन पत्र बुझाइएको खत्रीले बताए ।

ज्ञापन पत्र बुझदै अध्यक्ष रानाले आरक्ष पिडितको पक्षमा आफु रहेको र यो समस्या समाधान गर्नका लागि प्रदेश र संघ सरकारलाई गुहार माग्ने बताउनु भयो । आफ्नो पहिलो प्राथामिकता आरक्ष पिडितको समस्या समाधान गर्नमा लाग्ने समेत वहाँले बताउनु भयो ।

ताजा समाचार