Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाडीका हरिशचन्द्र राना शिक्षकदेखि गाँउ प्रमुखसम्म

बेलडाडीका हरिशचन्द्र राना शिक्षकदेखि गाँउ प्रमुखसम्म

कञ्चनपुुर,
गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा हरिशचन्द्र राना कञ्चनपुरको बेलडाँडी गाँउ प्रमुखमा निर्वाचित भए । ०७२ सालमा नयाँ संविधान जारी भएसंगै सिहदरबारको अधिकार गाँउ गाँउमा आएसंगै जनता प्रत्यक्ष शासनमा पुगिरहेका छन । सोही अनुरुप थारु समुदायका हरिचन्द्र राना पनि बेलडाँडी प्रमुखमा निर्वाचित भएका हुन । उनी काँग्रेसबाट गाँउ प्रमुखमा निर्वाचित भएका छन ।
समाजशास्त्रमा स्नातक गरेका रानाले २० बर्ष सामुदायिक विद्यालयमा राहत शिक्षक भएर काम गरेका थिए । बेलडाँडी गाँउपालिका ५ ईमलिया समान्य परिवारमा जन्मिएका रानाले गणेश माविमा दुई दशक शिक्षण पेशा गरे ।
काँग्रेस १४ औँ महाधिवेशनबाट उनी कञ्चनपुर उप सभापतिमा समेत निर्वाचित भए ०७८ सालमा पार्टीको जिल्ला उपसभापति र ०७९ मा आईपुग्दा अहिले गाँउ प्रमुख भएर शासनमा पुगेका छन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा जनताका छोरा राना शासन सत्तामा पुगेका हुन । रानाले सपथ तथा पदभार ग्रहण गरिसकेका छन । अहिले उनी गाँउ प्रमुखको रुपमा जनताका समस्या बुझ्दै समाधानका लागि उपाया खोजिमा रहेका छन ।
‘म पहिले अध्ययन गर्दै हलो जत्थ्ये, त्यसपछि शिक्षण पेशा र संगै शिक्षक सघको राजनीति गरे, ‘बेलडाँडी गाँउ प्रमुख रानाले भने, ‘पार्टीको जिल्ला उपसभापति हुँदै गाँउ प्रमुखमा निर्वाचित भएको छु, जनताको चाहना अनुरुप काम गर्छु ।’ शिक्षण पेशाबाट राजनीतिमा आएका रानाले शिक्षाको विकाससंगै सम्बृद्ध बेलडाँडी बनाउने आफ्नो योजना रहेको रानाले बताए । विद्यार्थीदेखि राजनीतिमा होमिएका हरिशचन्द्र राना शिक्षक संघ हुँदै पार्टीको राजनीति गरेका थिए । झण्डै ३दशक राजनीतिमा रहेका राना यस पटक गाँउ प्रमुखको यात्रामा छन । उनले चुनावका बेला जतासंग गरेका प्रतिबद्धता यि हुन ।
रानाले शिक्षा, स्वास्थ्यका ब्यापक सुधार ल्याएर गाँउपालिकालाइर्ए सम्बृद्ध गाँउपालिका बनाउने एजेण्डा अघि सारेका थिए । रानाले शिक्षा र स्वास्थ्यमा लगानी गरेर एकातिर गाँउका जनता शिक्षित अर्कारित स्वस्थ्य बनाउने एजेण्डा अघि सारेका थिए । जबसम्म मानिस शिक्षा पाउँदैन तलसम्ब उसले केही गर्न सक्दैन, शिक्षा र स्वास्थ्य बिना मानिसको प्रगति हुँदैन । त्यसैले शिक्षामा विकासका लागि काम गर्छु । गाँउको आमूल परिर्वतनका लागि शिक्षा अपरिहार्य छ ।
बेलडाँडीको स्वास्थ्यलाई सुधार सहित समग्र गाँउपालिकाका सुधार गर्छु । भ्रष्टाचार मुक्त गाँउपालिका बनाउँदै जनतालाई बढिभन्दा बढि सुविधा दिलाउँछु । गाँउको दिगो विकासका पूर्वाधार अघि बढाउँछु । यसका साथै कृयिा क्षेत्रमा समेत लगानी बढाउने,युवाहरुलाई सीपमुलुक शिक्षा दिने, बजार व्यवसास्थापन, ढलको प्रबन्ध गर्छु । उत्तरमा निकुञ्ज र दक्षिणमा सीमा भएकाले बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि कार्यक्रम ल्याउँछु । सीमा सुरक्षा गर्दै जनतालाई सुरक्षित बनाउँछु । हरेक सामुदाय जात जातिको धर्म संस्कृतिको रक्षा गर्छु । खेलकुद, पर्यटन, लगायतका सबै क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग, समन्वयमा गाँउको एकिकृत दिगो विकास र सम्बृद्ध गाँउपालिका बनाउँछु ।

ताजा समाचार