Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीरौतेली स्वास्थ्य चौकीबाट निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू

रौतेली स्वास्थ्य चौकीबाट निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ र ५ का गर्भवती महिलालाई लक्षित गर्दै निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू गरेको छ । बेलडाँडी गाउँपालिकाले रौतेली स्वास्थ्य चौकीमा जाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड सेवा शुरू गरेको हो ।

रौतेली स्वास्थ्य चौकीमा कार्यरत अनमी निलम भट्टले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई निरन्तर जाँचका लागि सहज बनाउने बताए ।

मातृ तथा नवशिशुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर कार्यक्रम सुरु भएको स्वास्थ्य शाखा माधवानन्द भट्टले बताए । गर्भवती महिलाहरूले युएसजी गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘यसका लागि जनशक्ति र सामग्रीको व्यवस्थापन गरेका छौं ।’

यो गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नै भिडियो एक्सरे गरिने कार्यक्रम हो । यसले संस्थागत सुत्केरी हुने दरमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बेलडाँडी गाउँपाििलकाका नव निर्वाचित अध्यक्ष हरिचन्द्र रानाको प्रमुख आतिथ्यमा शुरुभएको कार्यक्रमको अध्यक्षता निवर्तमान काबा वडाध्यक्ष कमला देवी ओखेडाले गरेका थिए । सञ्चालन अनमी निलम भट्टले संचालन गरेका थिए । बिशिष्ट अतिथिमा उपाध्यक्ष शान्ती नाथ, वडाअध्यक्ष,सदस्य लगायत स्वास्थ्य कर्मचारीहरुको उपस्थिति थियो । स्वास्थ्यकर्मीहरुले नव प्रतिनिधीहरुलाई स्वास्थ्यका विषयमा विभिन्न समस्याहरु समाधान गरिदिन माग समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष उपाध्यक्षले स्वास्थ्यका अधिकांस समस्या छिट्टै समाधान गरिने बताए ।

ताजा समाचार