बेलडाँडी,
बेलडाँडीमा रहेको सरकारी जमिन अर्थात ७२ बिघा ग्रिनबेल्ट संरक्षणको विषयमा बुलन्द आवाज उठाउने महिला नेतृ शान्ती नाथ गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

नाथ निर्वाचित भइसके पछि बेलडाँडी बासीको ध्यान उनै तिर गएको छ । सरकार बाहिर बस्दा ग्रिनबेल्टको संरक्षण हुनुपर्छ भन्दै सडक तताउने नेतृ नाथको काधमा ठुलै जिम्मेवारी जनताले थपिदिएका छन् । बेलडाँडीका जनताले ठुलो विश्वासका साथ नाथलाई भारी मतले बिजयी गराएर पठाएका छन् ।
०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधीहरुले अर्थात बेलडाँडीमा बनेको एमालेको बहुमतको सरकारले मुनाफा रहित संस्थालाई पाखा लगाउदै आफु निकटका मुनाफा मुखी सहकारीहरुलाई प्रशासकीय भवन बनाउनका लागि जमिन उपलव्ध गराएको थियो । सोही विषयमा गत बर्ष भाद्र ४ गते नेतृ नाथकै नेत्रित्वमा आएको आन्दोलित टोलीले निर्माणाधिन अवस्थामा रहेको साना किसान महिला सहकारीको प्रशासकीय भवनमा ढुङ्गामुडा गर्दा आनसिक क्षति भएको थियो । भवनमा ठुलो क्षति भएको भन्दै सहकारीका अध्यक्ष कमला जोशी रेग्मीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा नाथलाई कार्वाही गरी पाउ भनि उजुरी दिएका थिए । नाथले आफ्नो नेतृत्वमा आएको टोलीले आवेशमा आएर ढुङ्गा प्रहार गरेको स्वीकार गर्दै प्रशासन कार्यालयमा गइ लिखित माफी मागेपछि पनि जमिन र भवनको विषयमा भने छलफलनै नभई सत्यका पक्षमा उभिएको आन्दोलनलाई तुहाइने काम भएको थियो ।
नेतृ नाथले स्थानीय सरकारले उनले उठाएका मुद्धाको कुनै सुनुवाइ नभएपछि अख्तियार कार्यालय सम्म निवेदन पेश गरेकी थिइन । नाथ अहिले पनि ग्रिनबेल्ट संरक्षणको पक्षमा नै भएको बताउदै आएकी छिन् । उनले आउदै गरेको गाउँसभाबाट एमाले सरकारले आफु र आफ्ना कार्यकर्ता संरक्षणका लागि गरेको गलत निर्णय उल्ट्याउने तयारीमा स्थानीय सरकार जुटेको श्रोतले जनाएको छ । उनले पदभार ग्रहण गरेकै दिन महिलाहरुको पक्षमा विशेष कार्य गर्ने बताउदै यस विषयमा समेत छिट्टै निकासी निर्णय हुने जनाइन ।
उपाध्यक्ष नाथ प्रति बेलडाँडीका आम जनताले ठुलो आशा गरेका छन् । उनले हेर्ने न्यायीक समितिमा समेत न्याय सम्पादनमा कुनै पक्षपात नुहनेमा आम नागरिक ढुक्क छन् तर पछिल्लो समयमा उनमा कस्तो परिवर्तन आउछ हेर्न भने बाकीनै छ ।
