कञ्चनपुर,
गर्मी छल्नका लागि महेन्द्रनगरको होटल ओपेराको स्वीमिङ्ग पुलमा नुहाउनेक्रममा एक युवकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ः३०बजेतिर भारतीय नागरिकको होटल ओपेराको स्वीमिङ्ग पुलमा नुहाउनेक्रममा एक युवकको मृत्यु भएको हो । प्रहरी अनुसार भारत उत्तरप्रदेशको रामपुर बस्ने ३८ बर्षिया फैदर अहम्त अलीको मृत्यु भएको छ । मृतक अलीको शव महाकाली अस्पतालमा राखिएको छ । मृत्युको कारण के हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

