Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिका अध्यक्षपदका प्रत्यासी बिष्टले दिए नव जनप्रनिधीलाई कार्यसफलताको शुभकामना

बेलडाँडी गाउँपालिका अध्यक्षपदका प्रत्यासी बिष्टले दिए नव जनप्रनिधीलाई कार्यसफलताको शुभकामना

बेलडाँडी,
बेलडाँडी गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सपथ तथा पदभार ग्रहण कार्यक्रममा उपस्थित भई गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अक्कल बहादुर बिष्टले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका छन् ।

उहाँले भने आफुले रचनात्मक सहयोग गर्ने जनाउदै तपाईहरुले समेत जनताले विश्वासका साथ दिएको मतको कदर गर्नु होला उहाँले भने । केहि दिन पहिला उनले सम्पुर्ण मतदाताहरुमा हार्दिक आभार प्रकट समेत गरेका थिए । निर्वाचनमा हारजित स्वभाविक नियम हो, निर्वाचनको दौरानमा विभिन्न महानुभावहरुबाट प्रकट भएको माया, स्नेह,आर्शिवादको उच्च सम्मान गर्दै निर्वाचनको दौरानमा मतदाताहरु संग गरेका विकास निर्माणका प्रतिवद्धता रचनात्क तौरले पुरा गर्न तिर लाग्ने समेत बताउनु भयो ।

यस्तै वडा नं.१ का निर्वतमान अध्यक्ष अम्मर बहादुर खत्री, वडा नं.२ कै प्रेमराज खातीले समेत राम्रा र बेलडाँडी विकासका निमित्त आफ्नो साथ सहयोग हरहमेसा रहने प्रतिवद्धता गर्नु भयो । आफुहरुले विकास र बेलडाँडी जनताका पक्षमा सधै लागी पर्ने बताउदै कार्य सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

नवनिर्वाचित बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले जनताको पक्षमा काम गर्ने र निर्वाचनको क्रममा जनता संग गरेका बाचा पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै उपाध्यक्ष शान्ती नाथले महिलाका पक्षमा धेरै काम गर्ने जनाउदै केहिदिन भित्रै महत्वपुर्ण निर्णय गरेर कार्यान्वयमा ल्याउने जनाए ।

ताजा समाचार