Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीनव जनप्रतिनिधिद्वारा सपथ ग्रहण

नव जनप्रतिनिधिद्वारा सपथ ग्रहण

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेका छन् ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित बेलडाँडी गाउँपालिकाका सबै वडाका जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ खाएका छन् ।

नव निर्वाचित गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले एक कार्यक्रमका वीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रानाले जनताको भावना अनुसार काम गर्ने बताउनु भएको छ । उहाँले भने “जनताले दिएको मतको कदर गर्दै निरन्तर जनताको सेवामा समर्पित रहने जनाउदै बेलडाँडीको विकास र समृद्धिमा जोड दिने प्रतिबद्धता जनाए ।”

यस्तै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले बेलडाँडीका महिला दिदि बहिनीहरूका सवालमा काम गर्ने बताउदै चुनावका बेला जनताको घरदैलोमा खाएका बाचा पुरा गर्ने बताईन ।

सपथ खाए लगतै पदभार ग्रहणका बेला गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भानुभक्त जोशीले दोसल्ला र टिका लगाई कार्यालयमा स्वागत गरेका थिए । सपथ ग्रहण लगतै ५ वटै वडाका जनप्रतिनिधिले वडा कार्यालयहरुमा एक कार्यक्रमका माझ पदभार ग्रहण समेत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ वटै वडाका निर्वाचित जनप्रतिनिधि, नेकपा एमालेबाट अध्यक्ष पदका प्रत्यासि अक्कल बहादुर विष्ट, नेपाली काँग्रेसका बेलडाँडीका पुर्व सभापति हर्क देव जोशी निवर्तमान जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

ताजा समाचार