Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी नगर प्रमुखको पहिलो निर्णय सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

बेलौरी नगर प्रमुखको पहिलो निर्णय सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरी पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
पदभार ग्रहण पछि नगर प्रमुख चौधरीले बेलौरीका सबै सुत्केरी महिलालाई अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन । सुत्केरी महिलाको घरदेखि बेलौरी नगरपालिका अन्र्तरगत रहेका स्वास्थ्य सेवा केन्द्र सहित सेती महाकाली प्रादेशिक अस्पताल पु¥याउन निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेका छन ।
यो निर्णय संगै बेलौरीका विपन्न समुदाय लाभान्वित हुने छन । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । स्थानीयले समेत पोतिलाल चौधरीले नगरको विकासका लागि पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालपनि उनैलाई जनताले मौका दिएको बताएका छन ।

ताजा समाचार