Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका नव जनप्रतिनिधीहरुलाई भोली सपथ ग्रहण गराइदै

बेलडाँडीका नव जनप्रतिनिधीहरुलाई भोली सपथ ग्रहण गराइदै

बेलडाँडी,

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बेलडाँडीका जनप्रतिनिधीहरुलाई भोली सपथ खुवाउने कार्यक्रम तय भएको छ । बेलडाँडीमा रहेका ५ वटा वडाबाट निर्वाचित प्रतिनिधीहरुलाई भोली दिउसो १ बजे बेलडाँडी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हरिचन्द्र रानाद्धारा पद तथा गोपनियता बारे सपथ ग्रहण गराइने बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

 

अस्ती मात्र बेलडाँडी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हरिचन्द्र राना लगायतलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदन बहादुर धामीले सपथ ग्रहण गराएका थिए ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधी जनताको भावनालाई जित्ने गरि काम गर्नका लागी पनि उनिहरु छिट्टै सपथ लिएर काम गर्ने तयारीमा छन् ।

अध्यक्ष रानाले भने जनताले दिएको मतको कदरगर्दै सोही अनुसार जनताको पक्षमा काम गर्ने बताए । जनताको काम गर्नका लागि आफुले शिक्षक पेशा त्यागेर खुल्ला राजनितिकमा होमिएको बताउदै अवका ५ बर्षमा बेलडाँडीको नयाँ मुहार फेर्नमा लागि पर्ने बताए । उनले भने थप मनोनित सदस्यहरुको बिषयमा समेत पार्टीमा छलफल चलिरहेको बताउदै कार्यपालिकाको पहिलो बैठकबाटै महत्वपुर्ण निर्णय गर्नका लागि छलफल भइरहेको जनाए ।

ताजा समाचार