Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा एमाले सरकारले गर्न नसकेका कार्य कांग्रेस सरकारलाई सकस या सहज ?

बेलडाँडीमा एमाले सरकारले गर्न नसकेका कार्य कांग्रेस सरकारलाई सकस या सहज ?

बेलडाँडी,
नयाँ संविधान अनुरुप दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि बेलडाँडीमा नेपाली कांग्रेसको बहुमतको सरकार बनेको छ ।

हिजो मात्र बेलडाँडी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हरिचन्द्र रानालाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदन बहादुर धामीले निर्वाचित पालिका प्रमुखहरुलाई सपथ ग्रहण गराएका हुन ।

२०७४को पहिलो स्थानिय तहको निर्वाचनमा बेलडाँडीमा एमालेको बहुमतको सरकार बनेको थियो । एमालेले बेलडाँडीका ५ वडा मध्ये ४ वडा र प्रमुख उपप्रमुख जित्दै बहुमतको सरकार बनाएको थियो । यस्तै बहुमतको सरकारले बेलडाँडीका मुख्य ठुला समस्या समाधान गर्न नसकेको भन्दै बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा बेलडाँडीका जनताले नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराएका छन् ।

बेलडाँडीको मुख्य ठुला समस्या र चुनौती ७२ बिघा ग्रिनबेल्ट संरक्षण र व्यवस्थापन, कालिकिच ताललाई गाउँपालिका मातहत ल्याइ पर्यटकीय क्षेत्र बनाउने, शिक्षा र स्वास्थ्यमा सुधार लगायत यीनै मुख्य ठुला समस्या र चुनौतीको रुपमा रहेका छन् । एमालेको स्थानीय सरकार भएका बेला पनि थुप्रै काम भएता पनि मुख्य बेलडाँडी गाउँपालिकाका यी समस्या जस्ताका त्यस्तै रहेका छन् । यी समस्या समाधान गर्न कांग्रेस सरकारलाई समेत सकस देखिन्छ । जनताले कांग्रेस सरकारबाट यी समस्या समाधानको लागि आशा अपेक्षा गरेकाछन् ।

यी मुख्य समस्या समाधान गर्ने हो भने बेलडाँडीको भविश्य उज्वल छ । हुन त यस अघिका गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री वडा नं.२ का अध्यक्ष प्रेमराज खातीलाई ग्रिनबेल्ट अतिक्रमणको आरोप लागेको छ । तर आफै अतिक्रमणमा संलग्न भएपछि समस्या समाधान गर्न उनीहरुलाई सकस भएको हुन सक्ने स्थानीयको बुझाई पनि छ । अहिलेका वडा नं.२ का अध्यक्षले समेत ग्रिनबेल्ट अतिक्रमण गरेको स्पष्ट देखिन्छ । उनले समेत ग्रिन बेल्टमा २ तलाको घर नै खडा गरेका छन् ।

यति मात्र होइन ग्रिनबेल्टमा एमालेको सरकारले आफु निकटका सहकारीहरुलाई गाउँसभाबाट जमिनै उपलब्ध गराएर भवनै बनाउन समेत लगाएको छ । तत्कालिन समयमा अहिलेका नव उपाध्यक्ष शान्ती नाथले यसरी मनोमानी ढंगले जमिन उपलब्ध गराउन पाउदैन भन्दै आन्दोलित हुलहालले साना किसान महलिा सहकारी संस्थाको भवन तोडफोड गर्दै खारेको माग गर्दा समेत उनको मागको स्थानीय सरकारले सुनुवाइनै गरिदिएन । आफै सरकारमा पुगि सकेपछि उनको त्यस कार्यमा के एक्सन हुन्छ हेर्न बाकीनै छ ।

 

ताजा समाचार