Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमाओवादीले भीमदत्त १४मा काँग्रेस एमालेको बर्चस्व तोड्यो

माओवादीले भीमदत्त १४मा काँग्रेस एमालेको बर्चस्व तोड्यो

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नेकपा एमाले र नेपाली काँग्रेसको महागढकै रुपमा चिनिन्छन । एमाले काँग्रेसको महागढ भत्काउँदै नेकपा माओवादीका उम्मेदवार भोजराज जोशी निर्वाचित भएका छन ।
माओवादी नेता जोशीले काँग्रेसका गम्भिर सिह ऐरीलाई ६२मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन ।
जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१मत ल्याएका थिए ।
यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो । यस पटकको चुनावमा पनि उक्त वडामा एमाले काँग्रेसका शिर्ष स्तरका नेताले चासो दिएका थिए । तर त्यही वडाबाट माओवादीका जोशीले ईतिहास नै रचेका छन ।

ताजा समाचार