Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुर ४मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित

कृष्णपुर ४मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित

कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा नेकपा माओवादी केन्द्रले जितेको छ । यस अघि नगरका २, ३ मा जितेको माओवादीले ४ मा पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार धर्म बहादुर सिहले एमालेका ईश्वर दत्त भट्टलाई ४६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । सिहले ८९३ र भट्टले ८४७मत ल्याएका थिए । काँग्रेस गढकै रुपमा रहेको कृष्णपुर ४मा माओवादी केन्द्रका पुर्व विद्यार्थी नेता एव लोकप्रिय नेता सिहले निर्वाचित भएका छन । सिहले उक्त वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन ।

ताजा समाचार